माघ १० गते मध्यान्न पश्चात शनिले राशि परिवर्तन गरेको छ। धनु राशिमा रहेको शनि माघ १० गते मध्यान्नबाट मकरमा प्रवेश गरेको हो।
३८२ वर्ष पछि जुर्यो दुर्लभ संयोग
शनि करिब एकै राशिमा डेढ वर्ष सम्म गर्छ। जसअनुसार आफ्नो राशि मकरमा फिर्ति हुन शनिलाई करिब ३० वर्ष लाग्छ। ज्योतिषीहरुका अनुसार करिब ३८२ वर्ष पछि शनिले माघे औंसीको दिन मकरमा प्रवेश गरेको थियो । यो एक विशेष संयोग भएको ज्योतिषीहरु बताउँछन्।यस अगाडी माघे औंसीका दिन शनि मकर राशिमा सन् १६३७ मा प्रवेश गरेको थियो।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
यस गोचरमा तपाईको मेहनत र सङ्घर्ष अत्यन्तै बढ्नेछ। तपाईको मनमा उत्साह र उमङ्ग छाउनेछ। चैत्रसम्मको समय नयाँ एवं शुभ कार्य गर्नको लागि एकदमै उचित छ। त्यस्तै अर्को वर्ष २०७७ बैशाख २९ सोमवार शनि वक्री हुँदा तपाईको लागि शुभ हुँदैन। तपाईको काममा बाधा-अवरोध आउँन सक्छ। तपाई जुन लाभको आशा गरिरहनु भएको छ त्यो पनि समय पाउनुहुने छैन।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
कार्यस्थलमा अत्यधिक मेहनतको बाबजुद पनि अपेक्षाअनुरुपको लाभ नमिल्दा मनमा निराशा छाउनेछ। धैर्यपूर्वक काम गरेमा उचित लाभ मिल्नेछ। पदोन्नतिको बारेमा सोच्दै हुनुहुन्छ भने शनिको गोचरले अहिले केही समय प्रतीक्षा गर्नुपर्नेछ। नयाँ नोकरीको थालनी गर्न चाहनुहुन्छ भने कम्तिमा नयाँ वर्षसम्म पर्खदा राम्रो हुनेछ। वर्षको बीचतिर आएर नोकरी परिवर्तन नगरेकै राम्रो हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
तपाईको नोकरी या व्यवसायमा बाधा-अवरोध आउन सक्छ जसकारण केही समय तपाईले समस्या भोग्नुपर्नेछ। शनिको ढैय्याको प्रभावले आर्थिक स्थिति बिग्रिन सक्छ। पैसाको मामिलामा सावधानी अपनाउनुहोला। तपाई देशविदेशको यात्रामा निस्कनुहुनेछ साथै घरघडेरीको मामिलामा राम्रो खबर पाउनुहुनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
आफू उपर आलस्य हाबी हुन् नदिनुहोला। जो मानिस व्यवसाय गरिरहेका छन्, उनीहरुका लागि महत्वपूर्ण निर्णय लिने समय हुनेछ। नोकरीमा पदोन्नति र स्थान परिवर्तनको योग देखिएको छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
आफ्नो पेशा तथा व्यवसायमा धेरै मेहनत गर्नुपर्नेछ। नोकरी परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने सालको बीचतिर नगर्दा उचित हुनेछ। पदोन्नति हुनेछ तर काममा हडबडी नगर्नुहोला। व्यापार गर्ने मानिसहरुका लागि व्यापार विस्तारको लागि उचित समय नयाँ वर्षपछि रहेको छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
व्यापारसम्बन्धि तनावले तपाईको समय खासै राम्रो रहदैन। कर्मचारीसँग मतभेद हुन् सक्छ। कुनै पुरानो अट्किरहेको सरकारी कार्य पूरा हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
कार्यक्षेत्रमा नयाँ अवसर मिल्न सक्छ। त्यो अवसर कुनै विदेशी कम्पनीसँग सम्बन्धित प्रोजेक्ट पनि हुन् सक्छ। नोकरीपेशामा संलग्न जातकका लागि उनका कार्यक्षेत्रमा थोरै उथलपुथल आउँन सक्छ तर धेरै क्षति हुने देखिदैन।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
नोकरीको लागि शुभ सङ्केट छ। सरकारी कामको लालसा राख्ने वालाहरुका लागि यो वर्ष राम्रो रहनेछ। त्यस्तै प्राइभेट कम्पनीमा कार्यरत मानिसहरुका पदोन्नति हुने प्रबल सम्भावना छः। व्यवसायिक नजरले हेर्दा यस राशिका लागि साल शुभ र मुनाफा दिलाउने वाला रहनेछ। कुनै नयाँ व्यवसाय खोल्ने योजना बनाउँदै हुनुहुन्छ भने रणनीति सफल हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
शनि मकर राशिमा गोचर हुँदा धनु राशिका जातकहरुमाथि यसको सकारात्मक प्रभाव पर्नेछ। नोकरीमा अब पहिलेको तुलनामा धेरै राम्रो प्रस्ताव आउनेछ। तर सही विकल्प रोज्नु नै समझदारी हुनेछ। व्यापार गर्ने वाला जातकहरु माथि पनि यस गोचरको राम्रो परिणाम देखिनेछ। कार्यक्षेत्रमा सन्तुलन कायम गरी अघि बढ्नुहोला।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
शनिको साढे सातको दोस्रो चरण सुरु हुँदा मानसिक समस्याको सामना गर्नुपर्नेछ। कडा मिहिनेत गर्नुपर्नेछ, अनि सफलता हात लाग्नेछ। अनावश्यक खर्च अत्यधिक बढ्नेछ। परिवारमा वाद-विवाद हुन् सक्छ, धैर्यवान बन्नुहोला। हतारमा कुनै काम नगर्नुहोला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
कुम्भ राशिको जातकमा शनिको साढे सातको पहिलो चरण आरम्भ हुँदा उनीहरुमा समस्या बढ्नेछ। यसकारण यी मानिसहरुले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। नोकरीमा संलग्नले हरेक कदम सावधानीपूर्वक चाल्नुहोला। नोकरी परिवर्तन गर्नको लागि वर्षको मध्यतिरको समय उचित छैन। त्यस्तै व्यापार-व्यवसायमा लागेका जातकहरुले नयाँ परियोजनामा सोचविचार गरी हात हाल्नुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
व्यापारमा राम्रो अवसर प्राप्त हुनेछ र मुनाफा पनि मिल्नेछ। नोकरी गर्ने जातकले राम्रो एवं शुभ घटनाको दर्शक बन्ने अवसर पाउनेछन्। थुप्रै क्षेत्रमा अगाडी बढ्ने थुप्रै अवसरहरु मिल्नेछ र समाजको तपाईको प्रतिष्ठा बढ्नेछ।