यी राशिमा पर्दैछ शनिदेवको टेढो नजर, हुनेछ पिडा नै पिडा !

काठमाडौँ : ज्योतिषशास्त्रमा शनिलाई एकदमै सुस्त गतिमा चल्ने ग्रह मानिन्छ। ज्योतिषशास्त्रका अनुसार शनिलाई एक राशिबाट अर्को राशिमा जान करिब साढे दुई वर्ष लाग्छ। हाल शनि मकर राशिमा विराजमान छ। तर छिट्टै शनि मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्दैछ।

शनिदेवले राशि परिवर्तन गर्दा केही राशिमा शनि ढैय्या र केही राशिमा शनिको साढेसाती सुरु हुन्छ। यस्तो स्थितिमा सम्बन्धित राशिका जातकले शनिको पीडाको सामना गर्नुपर्ने हुन्छ। शनि गोचरको समयमा जुन राशिबाट शनिदेव निस्किन्छ, त्यस राशिका जातकले शनिको महादशाबाट राहत पाउँछ। जान्नुहोस्, शनिको पीडाबाट कुन-कुन राशिका जातकले मुक्ति पाउँदैछ त ?

बैशाख १६ गते शुक्रबार शनि मकर राशिबाट निस्किएर कुम्भ राशिमा प्रवेश गर्नेछ। शनिको राशि परिवर्तनका कारण धनु राशिका व्यक्तिले शनिको साढेसातीबाट मुक्ति पाउनेछन्। साथै मिथुन र तुला राशिका व्यक्तिहरूले शनिको ढैय्याबाट मुक्ति पाउनेछन्।

शनि आउँदो बैशाख १६ गते मकर राशिबाट कुम्भ राशिमा करिब ३० वर्षपछि गोचर गर्न लागेको हो। त्यसपछि असार २८ गते उल्टो दिशामा चाल चली फेरि मकर राशिमै गोचर गर्नेछ। जसपछि मिथुन, तुला र धनु राशिका जातकमा शनिको दशा सुरु हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२२:५४

धेरै नै सफा मनका हुन्छन् यी ३ राशि !