चर्चित कमेडियन टेरी जोन्सको निधन!

चर्चित  कमेडियन, निर्माता-निर्देशक तथा कलाकार टेरी जोन्सको  निधन भएको छ ।  जनवरी २१  मा ७८ वर्षको उमेरमा उनले संसार छोडेका छन्।  उनी  वेल्श मूलको ब्रिटिश कलाकार थिए भने टेरी जोन्सको  निधनको  खबर उनको परिवारले दिएका हुन् । अंग्रेजी वेबसाइट इंडिया टुडेको  खबर  अनुसार उनको परिवारले  बयान जारी गर्दै भने कि हामीलाई  यो कुरा भन्दा दुख लागिरहेको छ।  हाम्रो  प्यारो बुबा तथा  श्रीमान अब यो दुनियामा रहेनन् । टेरी जोन्सको  परिवार अनुसार उनी लामो समयदेखि बिरामी थिए ।

टेरी जोन्सको  जन्म १ फेब्रुअरी १९४२ सालमा भएको थियो । उनले आफ्नो फिल्मी यात्रामा  एक कलाकार  मात्रै नभई स्क्रिप्ट राइटर, कमेडियन तथा निर्माता-निर्देशकको  भूमिका निभाएका थिए । उनी चर्चित कमेडियन ग्रूप मोंटी पाइथनको हिस्सा पनि थिए। आफ्नो  करियरमा  टेरी जोन्सले कैयौँ  पुरस्कार पनि  हासिल गरेका छन् । हलिउड सिनेमामा  टेरी जोन्सको क्यामेरा अगाडी र पछाडी दुवै तर्फ उनको ठुलो योगदान रहेको छ  । उनले कैयौँ कमेडी फिल्म पनि  निर्देशन गरेका छन् । टेरी जोन्सलाई   असली पहिचान १९७९ मा आएको फिल्म  लाइफ अफ ब्रेनबाट मिलेको थियो ।

त्यसपछि उनले थुप्रै  फिल्म र  सानो पर्दामा पनि काम गरे । फिल्म बाहेक उनेल थुप्रै   सीरियलमा पनि काम गरेका छन् । जसमा   ‘द नट एडजस्ट योर सेट’, ‘ब्रोटोन योर माइंड’ र ‘द फरेस्ट रिपोर्ट’ जस्ता सिरियलमा काम गरेका थिए ।  टेरी जोन्सको  निधनले  हलिउड सिनेमा क्षेत्रमा शोक छाएको थियो ।

प्रकाशित : बुधबार, माघ १५, २०७६०७:५५

एकै दिन दुई गैँडाको गयो ज्यान