धनु राशिलाई शुभ-अशुभ कस्तो रहला २०७९ साल ? हेर्नुहोस् वार्षिक राशिफल !

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धनु राशि भएका मानिसका लागि यो वर्ष सामान्य रहनेछ। प्रसिद्धि वृद्धि हुने, ठूलो धनलाभ मिल्ने सम्भावना रहेको छ। शनिको साढेसाती, बृहस्पति र राहुको गोचरले भने चिन्ता, हानी, वाधा, नोक्सानी हुनसक्छ।

२०७९ वर्ष आर्थिक हिसाबले यी मानिसलाई मिश्रित फलदायी रहनेछ। व्यापार-व्यवसायमा यस वर्ष नोक्सानी पनि हुनसक्छ। शेयर बजारमा लगानी गर्दा पनि विशेष सुझबुझ रहनुपर्छ। साझेदारीमा गरेको कार्यमा पनि विशेष सफलता प्राप्त नहोला। आर्थिक दृष्टिले असार, साउन र मंसिर महिना शुभ हुनेछ।

यो वर्ष प्रेम सम्बन्ध अझ बलियो भएर जानेछ। हरेक सम्बन्ध निकै कसिलो हुनेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत समेत हुन सक्छ। पारिवारिक वातावरण भने त्यति सुखमय नरहला। दाम्पत्य जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। विद्यार्थी वर्गको पढाईमा ध्यानाकर्षण नहोला, तर वर्षको मध्यबाट भने शैक्षिक क्षेत्र राम्रो हुनेछ।

यो वर्ष लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्न पनि सक्छ। त्यसैले, कुनै पनि क्षेत्रमा लगानी गर्दा सोचेर बुझेर मात्र गर्नुहोला। सरकारी जागिरेलाई पदोन्नतीको सम्भावना रहेको छ।

हड्डी, मानसिकतथा छालासँग सम्बन्ध समस्या बढ्नसक्छ। स्वास्थ्यको क्षेत्रमा तपाईंको खर्च बढ्न सक्छ। खानपानमा विशेष ध्यान दिन आवश्यक रहेको छ।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१६:१०

कसरी बित्ला मकर राशिको २०७९ साल ? हेर्नुहोस् आफ्नो वार्षिक राशिफल !