युनाइटेडका प्रशिक्षक भन्छन् – ‘लिभरपुलले सिटीलाई त हरायो, हामी के होर ?’

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रङ्गनिकले लिभरपुल विरुद्धको खेलमा एक अंक जोड्न सकेपनि धेरै राम्रो हुने बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा रङ्गनिकले जति नै राम्रो खेलेपनि लिभरपुल विरुद्धको खेलमा एक अंक पाउन पनि मुस्किल हुने बताएका हुन्।

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा नर्विच सिटी विरुद्ध जित निकालेपश्चात रङ्गनिकले मंगलबार राति लिभरपुल विरुद्धको खेल सहज नहुने बताए। नर्विच विरुद्ध खेलेजस्तै खेलेपनि लिभरपुल विरुद्ध खेल्न त्यति सहज नहुने उनको भनाई छ।

पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा रङ्गनिकले म्यानचेस्टर सिटीलाई समेत लिभरपुलले हराएको उल्लेख गरे। सिटी जस्तो टोलीलाई पराजित गरेको लिभरपुललाई युनाइटेडले रोक्न कठीन हुने भएपनि बराबरीमा रोक्ने तर्फ आफ्नो प्रयास हुने रङ्गनिकले बताए।

“यो लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गर्यो। लिभरपुल चार उपाधिमा दावी गरिरहेको छ। यस्तो टोली विरुद्ध हामीले नर्विच विरुद्ध खेलेजस्तो खेल्यौं भनेपनि एक अंक पाउन मुस्किल हुनेछ।”,रङ्गनिकले भने।

प्रिमियर लिगमा युनाइटेडले यहि मंगलबार राति लिभरपुलको सामना गर्दैछ। शिर्ष चारको दौडमा रहेको युनाइटेडका लागि सो खेल धेरै नै चुनौतीपूर्ण हुनेछ। लिभरपुल जारी सिजन धेरै नै उच्च लयमा छ। यस अगाडी भएको खेलमा युनाइटेड ५-० को गोल अन्तरले पराजित भएको थियो।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९०९:००

२०७९ लागेपछि पहिलो पटक बढ्यो सुनको मूल्य ! कति ?