एमएमएस(MMS) काण्डले बर्बाद भयो यी नायिकाको करियर, अहिले भइन् बलिउडबाटै पलायन !

एजेन्सी – बलिउड अभिनेत्री रिया सेन जनवरी २४(आज) देखि ३९ वर्ष लागिन्। प्रसिद्ध बंगाली अभिनेत्री मुनमुन सेनकी छोरीको रुपमा रियाको जन्म सन् १९८१मा भएको थियो।

रियाले मात्र १० वर्षको उमेरमा अभिनय शुरु गरेकी थिइन्। बाल कलाकारको रुपमा रियाको फिल्मी नगरीमा डेब्यु भएको थियो। सानैमा अभिनय शुरु गरेता पनि रियाको बलिउड यात्रा भने खासै सुखद रहन सकेन।

हाल सम्म रियाले ३० भन्दा बढी बलिउड चलचित्रहरुमा काम गरिसकेकी छन्। उनले काम गरेका सफल चलचित्रहरुमा ‘झंकार बीट्स’ र ‘अपना सपना मनी मनी’ लगायत पर्छन्। तर, यी चलचित्र सफल भएता पनि रियालाई दर्शक माझ स्थापित हुन भने सकिनन्।

रिया हालसम्म एमएमएस लीक देखि रेव पार्टी जस्ता विवादमा फसिसकेकी छन्। विभिन्न कलाकारहरुसँगको प्रेम चक्करलाई लिएर पनि रिया विवादमा रहिन्।

अक्षय खन्ना, चर्चित लेखक सलमान रुश्दी र अश्मित पटेल जस्ता सेलिब्रिटीसंग रियाको नाम जोडियो। रुश्दी को कुरा गर्नुपर्दा रिया उनी भन्दा ३० वर्ष कान्छी छन्।

बताइएअनुसार, रियाको जोन अब्राहमसँग पनि चक्कर चलेको थियो। बलिउड कलाकार बाहेक रियाको नाम चर्चित क्रिकेटर श्रीसंतसँग पनि जोडिएको थियो। यी दुईलाई धेरै ठाउँहरुमा सँग-सँगै देखिएको थियो। तर, दुवैले कहिले पनि सम्बन्ध स्वीकारेनन्।

सन् २००५मा रियाको जीवनमा उथलपुथलनै मच्चिएको थियो। प्रेमी अश्मित पटेलसँगको एमएमएसनै बाहिरिएपछि रिया विवादमा परेकी थिइन्। लिक भएको एमएमएस नक्कली भएको दुवैको दावी थियो। तर, यहि एमएमएसले रियाको करियरमा ठूलो असर पार्यो।

सन् २०१७मा फोटोग्राफर शिवम तिवारीसँग विवाह गरेकी रिया अहिले फिल्मी दुनियाबाट टाढा छिन्। रिय सन् २०१३मा चलचित्र ‘रब्बा मैं क्या करूं’मा देखा परेकी थिइन्।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६१२:००

मालदीपमा तारा सुतारियाको यस्तो हटनेस, तस्विर!