काठमाडौँ – साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साता उच्च मूल्यमा कारोबार भएर आइतबार घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख २ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन यस महिनाकै सस्तो
पछिल्लो वृद्धिसँगै नेपाली बजारमा सुन यस वर्षकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य २०७९ लागेपछिकै सस्तो हो।
चाँदीको मूल्य
आज सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।

