ज्योतिषशास्त्रका अनुसार शुक्र ग्रह आज अर्थात २७ अप्रिल २०२२ मा मीन राशिमा प्रवेश गरेको छ। शुक्र ग्रह भौतिक सुख, रोमान्स र धन प्रदान गर्ने ग्रह हो। शुक्र शुभ हुँदा आर्थिक समृद्धि, आरामदायी जीवन प्रदान गर्दछ। मीन राशिमा शुक्रको प्रवेशले कसैको लागि शुभ र कसैको लागि अशुभ फल दिनेछ।
मेष राशि

मेष राशिका लागि शुक्रको गोचर शुभ रहनेछ। जीवनमा सुख-समृद्धि बढ्नेछ। व्यापारीहरुको नाफा बढ्नेछ। जागिर गर्नेहरूले पदोन्नति पाउन सक्छन्। घर-गाडी किन्ने सम्भावना छ।
वृष राशि

शुक्रको गोचरले वृष राशिका मानिसका लागि राम्रो दिन ल्याउनेछ। उनीहरुको आम्दानी बढ्नेछ। धन लाभ हुनेछ। रोकिएको धन प्राप्त हुने प्रबल सम्भावना छ। यस बाहेक यो समय जागिर र व्यापारका लागि पनि राम्रो रहनेछ। कार्यक्षेत्रमा पदोन्नति हुन सक्छ। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ।
मिथुन राशि

मिथुन राशिका मानिसहरुका लागि शुक्र परिवर्तनले धेरै शुभ फल ल्याउनेछ। यो समयले करियरमा सुधार ल्याउनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। पदोन्नति पाउन सकिनेछ। पहिले गरेको मिहिनेतको फल पुरस्कारको रुपमा पाउन सकिन्छ। व्यवसायीलाई लाभ मिल्नेछ। विदेशबाट लाभ मिल्ने सम्भावना छ। विगतमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। जीवनमा रोमान्स बढ्नेछ, पार्टनरसँगको सम्बन्ध राम्रो हुनेछ।
कर्कट राशि

कर्कट राशिका लागि शुक्रको गोचर भाग्यशाली साबित हुनेछ। सबै क्षेत्रमा सफलता मिल्नेछ। कार्यस्थलमा राम्रो वातावरण रहनेछ। पदोन्नति वा कुनै पुरस्कार प्राप्त हुने सम्भावना छ। लामो दुरीको यात्रामा जान सकिनेछ। जीवनमा सुख-सुविधाको वृद्धिले तपाईंलाई खुशी दिनेछ। व्यक्तिगत जीवनमा खुशी रहनेछ। अविवाहितले जीवनसाथी पाउन सक्छन्।
सिंह राशि

करियरको लागि समय उपयुक्त छ, धैर्यतापूर्वक काम गर्नुहोस्। केही काम अलपत्र पर्न सक्छ। अनावश्यक रूपमा पैसा बर्बाद नगर्नुहोस्, विवेकपूर्वक खर्च गर्नुहोस्। अन्यथा आर्थिक सङ्कट हुनसक्छ। साझेदारी लाभदायक हुन सक्छ।
कन्या राशि

कन्या राशिका व्यक्तिहरूले भाग्यको साथ पाउनेछन्। काममा सफलता मिल्नेछ। तपाईंको कार्यको प्रशंसा प्राप्त हुनेछ। आर्थिक अवस्था राम्रो बन्न सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला। प्रेम सम्बन्ध बलियो हुनेछ।
तुला राशि

आम्दानी बढ्नेछ तर तपाईंले माग गर्दा मात्र केहि चीजहरू पाउनुहुनेछ। त्यसैले आफ्नो मागलाई विनम्रतापूर्वक राख्नुहोस्, यो लाभदायक हुनेछ। अनावश्यक मामिलामा फस्न सकिनेछ। चोटपटकको सम्भावना रहेको छ, ख्याल गर्नुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ।
वृश्चिक राशि

वृश्चिक राशि हुनेहरूलाई यो समयले इज्जत-पद-धन सबै दिनेछ। आत्मविश्वास उच्च रहनेछ। विद्यार्थीहरूका लागि राम्रो समय छ। यस समय अवधिमा कुनै पनि क्षेत्रमा लगानी गर्नबाट बच्नुपर्छ।
धनु राशि

पेशा र व्यवसायमा सुधार हुनेछ। आम्दानी बढ्नेछ। तपाईं त्यस्ता कुराहरूमा खर्च गर्न सक्षम हुनुहुनेछ, जसको बारेमा तपाईंले अहिलेसम्म योजना मात्र बनाउँदै आउनु भएको थियो। जागिर परिवर्तनको सम्भावना पनि रहेको छ।
मकर राशि

आम्दानी बढ्नेछ। धन लाभले आर्थिक अवस्था मजबुत हुनेछ। ऋणबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नति पाउन सकिनेछ। जीवन साथीसँगको सम्बन्ध सुमधुर रहनेछ।
कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरुको कार्यस्थलमा प्रशंसा मिल्नेछ। राम्रो निर्णय लिन सक्षम हुनुहुनेछ। प्रेम जीवनको लागि समय राम्रो रहनेछ। कुनै पनि उपलब्धि हासिल गर्न सकिन्छ।
मीन राशि

मीन राशिका व्यक्तिहरूले राम्रो काम गर्नेछन् र त्यसको फल पनि मिल्नेछ। नयाँ काम पाउन सकिनेछ। विशेषगरी सरकारी जागिर गर्नेहरूले ठूलो लाभ पाउनेछन्। नम्रताले धेरै कुरा सजिलै गर्न सकिन्छ।

