एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जर्मन प्रशिक्षक योर्गेन क्लोपले क्लबसँगको सम्झौता नविकरण गरेका छन् । क्लोपले लिभरपुलसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् ।
क्लोपले आफ्नो सम्झौता २०२४ को सिजनको अन्त्यसम्म रहेको र त्यसपछि एनफिल्ड छाड्ने मनासय बनाएपनि उनले क्लबमै बस्ने मनासय बनाएको हो ।
सम्झौता पुष्टि भएपछि लिभरपुलको आधिकारिक वेबसाइटमा बोल्दै क्लोपले भने, ‘यस समाचारको बारेमा म कस्तो महसुुस गरिरहेको छु भनेर वर्णन गर्न धेरै शब्दहरु प्रयोग गर्न सक्छु । खुशी, नम्र, धन्य र विशेषाधिकार प्राप्त र उत्साहित सुरुवात । मलाई थाहा थियो कि म यहाँ आउनुभन्दा पहिले र म आएपछि अझ राम्ररी थाहा पाएको छु ।’
क्लोप सन् २०१५ को अक्टोवरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट दुई वर्षको लागि क्लबमा अनुबन्ध भएका थिए । त्यसको एक वर्षपछि क्लोपले लिभरपुलसँग थप ६ वर्षको सम्झौता गरेका थिए
५४ वर्षीय क्लोपको प्रशिक्षणमा लगातार उच्च प्रदर्शन गरिरहेको लिभरपुलले समान एकपटक प्रिमियर लिग, इएफएल कप, युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन् । यो २०१८ देखि २०२० को सिजनसम्म हो ।
क्लोपकै प्रशिक्षणमा लिभरपुल यो सिजन चार उपाधि नजिक रहेको छ । इएफएल कपको उपाधि जितिसकेको लिभरपुल एफए कपको फाइनलमा तथा प्रिमियर लिग र च्याम्पियन्स लिगको पनि उपाधि नजिक छ ।

