म्यानचेस्टरलाई हारबाट रोनाल्डोले जोगाए !

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । युनाइटेडले घरेलु मैदानमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा चेल्सीका लागि मार्काेस अलन्सोले गोल गर्दा रोनाल्डोले बराबरी गोल फर्काए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ६०औं मिनेटमा मार्काेस अलन्सोको गोलबाट चेल्सीले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले काई हाभर्टजको पासमा गोल गर्न सफल भएका थिए ।

तर, चेल्सीको त्यो अग्रता दुई मिनेट पनि टिकेन । ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले नेमान्जा माटिचको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो

यो बराबरीसँगै प्रिमियर लिगको अंक तालिकामा कुनै फेरवदल भएको छैन । चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा तथा युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९०७:३८

पोचेटिनोले भने – ‘म पनि पिएसजीमै बस्छु, एम्बाप्पे पनि बस्छन्’