के न्यूक्यासलले लिभरपुलको उपाधि दौडमा ब्रेक लगाउन सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुलले महत्वपूर्ण खेलमा न्यू क्यासलको सामना गर्दैछ। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले नवौं स्थानमा रहेको न्यू क्यासलको सामना गर्न लागेको हो।

न्यू क्यासल र लिभरपुल बीचको खेल न्यू क्यासलको घरेलु मैदानमा हुनेछ। न्यू क्यासल विरुद्धको खेलमा लिभरपुल जित्नैपर्ने दबावमा हुनेछ। न्यू क्यासल विरुद्ध जित निकाल्न सके मात्रै लिभरपुल उपाधि होडमा रहिरहनेछ।

लिभरपुल अहिले शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंकले पछाडी छ। सिजनका ३३ खेल खेल्दा लिभरपुलले ७९ अंक बनाएको छ। जारी सिजनमा लिभरपुल दुई पटक मात्र पराजित भएको छ। लिभरपुलले ३३ खेल मध्ये २४ खेलमा जित निकालेको छ।

त्यस्तै न्यू क्यासलले भने जारी सिजनका ३४ खेल खेलिसकेको छ। उसले यस बीचमा १३ खेलमा हार बेहोरेको छ भने ११ खेलमा जित निकालेको छ। क्यासलको ४३ अंक छ।

पछिल्लो खेलमा लिभरपुलले न्यू क्यासललाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो। पछिल्ला पाँच खेल मध्ये कुनै पनि खेलमा लिभरपुल पराजित भएको छैन। न्यू क्यासल भने पाँच खेल मध्ये एक खेलमा पराजित भएको छ।

लिभरपुल र न्यू क्यासल बीचको खेल नेपाली समय अनुसार शनिबार साँझ ५ बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट २ मा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, बैशाख १७, २०७९००:०२

मेस्सी, नेयमार, एम्बाप्पे तीनै खेलेको खेलमा पिएसजीले फेरी जित निकाल्न सकेन !