एजेन्सी – रेलिगेसनमा रहेको एभर्टनले प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा एभर्टनले चेल्सी विरुद्ध महत्वपूर्ण जित निकालेको हो।
आइतबार राति भएको खेलमा एभर्टनले चेल्सीलाई १-० को गोल अन्तरले पराजित गरे। खेलको एक मात्र गोल एभर्टनका ब्राजिलियन फरवार्डले गरे। उनले दोस्रो हाफको शुरुवातमै गोल गरेका थिए। खेलभर दबावमा रहेर पनि एभर्टनले जित निकाल्न सक्यो। .
खेलभर बलमा बढी नियन्त्रण राखेरमा पनि चेल्सीले जित निकाल्न सकेन। बलमा चेल्सीको ७९ प्रतिशत नियन्त्रण थियो। खेलभर चेल्सीको तर्फबाट १७ प्रहार भएका थिए। ती मध्ये ५ प्रहार टार्गेटमा थिए। तर एक प्रहार पनि गोलमा परिणत भएन। त्यस्तै एभर्टनको तर्फबाट भने मात्रै ४ प्रहार भएका थिए। ती मध्ये ४ प्रहार टार्गेटमा थिए।
चेल्सी माथि जित निकालेसँगै एभर्टनले रेलिगेसनबाट बच्ने सम्भावनालाई जिवितै राखेको छ। सिजनका ३३ खेल खेल्दा एभर्टनले ९ खेलमा जित निकालेको छ भने १९ खेलमा हारेको छ। चेल्सीलाई पराजित गरेपछि एभर्टनको ३२ अंक भएको छ।
त्यस्तै चेल्सीले भने सिजनका ३४ खेल खेलेको छ। जसमध्ये १९ खेल खेल्दा ६ खेलमा पराजय भोगेको छ। तेस्रो स्थानमा रहेको चेल्सीको ६६ अंक छ।