भोट अपिल गर्ने अनौठो तिगडम: हरेक मतदाताको खुट्टामा हजार राख्दै ढोगेर भोट माग्दै !

काठमाडौं । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको घर-घरमा पुगेर हरेक मतदाताको खुट्टामा एक हजार नोट राखेर खुट्टा ढोग्दै भोट अपिल गर्दै आएका छन्। चुनावी प्रचारका लागि उनले गज्जबको उपाय निकालेर भोट मागिरहेका छन्।

मेलम्ची नगरपालिका ओडा नम्बर १० का स्थानीय बासिन्दाका अनुसार वडा अध्यक्षका उम्मेदवार रहेका खनालले कसैलाई एक हजार त कसैलाई एक हजार भन्दा पनि बढी रकम खुट्टा-खुट्टामा राख्दै उनीहरुको खुट्टा ढोगेर भोट मागिरहेका छन्। कांग्रेस उम्मेदवारको भोट माग गर्ने यस्तो कार्य प्रति विपक्षी दल नेकपा एमालेले भने यसरी पाउमा पैसा राखेर भोट मागिरहेको भन्दै घोर आपत्ति जनाएको छ। मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१२:५४

सुनिता डंगोलविरुद्ध अख्तियारमा पर्यो उजुरी, लाग्यो गम्भीर आरोप !