एजेन्सी – सन् २०२२-२३ को प्रिसिजनमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अमेरिकामा मेक्सिकन र जर्मन क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। हाल प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि दौडमा रहेको सिटीले नयाँ सिजन शुरु हुनुअगाडी प्रि-सिजनमा अमेरिकामा मैत्रीपूर्ण खेल खेल्ने भएको हो।
म्यानचेस्टर सिटीले यस समरमा संयुक्त राज्य अमेरिकामा प्रि-सिजन मैत्रीपूर्ण खेल खेल्ने पुष्टि गरेको छ। प्रिमियर लिगको टोलीले मेक्सिकोको क्लब अमेरिका र बायर्न म्युनिखसँग दुई वर्षपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
खेलहरू जुलाईमा ह्युस्टन, टेक्सास र ग्रीन बे, विस्कन्सिनमा हुनेछन्। क्लबको एक विज्ञप्तिमा लेखिएको छ,”म्यानचेस्टर सिटी २०२२/२३ सिजनको तयारीमा दुई प्रि-सिजन मैत्री खेलका लागि संयुक्त राज्य अमेरिका जानेछ। यी खेलहरु कोभिड प्रतिबन्ध पछि दुई वर्षमा सिटीको पहिलो अन्तर्राष्ट्रिय मैत्री खेल हुनेछन्।”
सिटी र क्लब अमेरिका बीचको खेल जुलाई २१ मा र सिटी र बायर्न बीचको खेल जुलाई २४ मा हुने बताइएको छ। नयाँ सिजनको तयारी स्वरूप हुने ती खेलहरु एनआरजी स्टेडियम र ग्रीन बेमा हुनेछ।