ब्यालोन डी ओर पावर र्यान्किंग: सिटी विरुद्धको खेल अघि बेन्जेमा राजा, कसले पछि पार्ला ?

गत सिजन यसबाट उत्पन्न भएका सबै विवाद र आलोचनाका बाबजुद पनि ब्यालोन डी’ओर विश्व फुटबलमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिगत पुरस्कार हो, र २०२२ मा यस अवार्डका लागि खेलाडीहरु बीच दौड सुरु भइसकेको छ।

फ्रान्स फुटबलले मार्चमा घोषणा गरे अनुसार ब्यालोन डी’ओर भोटिङको नियम परिवर्तन भएको छ, जसको मुख्य कुरा यो हो कि अवार्ड क्यालेन्डर वर्षको सट्टा एक सिजनको प्रदर्शनमा आधारित हुनेछ। यसको मतलब २०२२ विश्वकप, जुन नोभेम्बरमा सुरु हुनेछ, यस वर्ष मान्य हुने छैन, र यसको सट्टा २०२३ ब्यालोन डी’ओरको लागि मतदान गर्दा यसको प्रदर्शनको मुल्यांकन गरिन्छ।

यी सबै कुरालाई ध्यानमा राखेर, र डिफेन्डिङ च्याम्पियन लियोनल मेस्सीलाई आठौं गोल्डेन बलको खोजीमा रहँदा, यो वर्षको ब्यालोन डी’ओरका लागि मान्य हुने समयको अन्तिम महिनामा प्रवेश गर्ने क्रममा सबैभन्दा प्रमुख दाबेदार को छन् त?

१०. ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (लिभरपुल/इंग्ल्याण्ड) 

२०२१-२२ सिजनमा: २ गोल, २१ असिस्ट, २३ क्लिन सिट, काराबो कप

९. फिल फोडेन (म्यानचेस्टर सिटी/इंग्ल्याण्ड) 

२०२१-२२ सिजनमा: १३ गोल, १५ असिस्ट

८. भिनीसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल) 

२०२१-२२ सिजनमा: १८ गोल, १८ असिस्ट, स्पेनिस सुपर कप र ला लिगा

७. लुका मोड्रिक (रियल म्याड्रिड/क्रोएशिया) 

२०२१-२२ सिजनमा: ६ गोल, ११ असिस्ट, स्पेनिस सुपर कप  र ला लिगा

६. केभिन डे ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम) 

२०२१-२२ सिजनमा: १६ गोल, १६ असिस्ट

५. साडियो माने (लिभरपुल/सेनेगल) 

२०२१-२२ सिजनमा: २६ गोल,  ५ असिस्ट, अफ्रिकन कप अफ नेसन्स र काराबो कप

४. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन/फ्रान्स) 

२०२१-२२ सिजनमा: ४४ गोल, २८ असिस्ट, नेसन्स लिग र लिग १

३. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख/पोल्याण्ड) 

२०२१-२२ सिजनमा: ५५ गोल, १० असिस्ट, डी.एफ.एल सुपरकप

२. मोहम्मद सलाह (लिभरपुल/इजिप्ट) 

२०२१-२२ सिजनमा: ३२ गोल, १५ असिस्ट, काराबो कप

१. करिम बेन्जेमा (रियल म्याड्रिड/फ्रान्स) 

२०२१-२२ सिजनमा: ४५ गोल, १३ असिस्ट, ला लिगा नेसन्स लिग  र स्पेनिस सुपर कप

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१६:०१

युनाइटेड मै रहने सङ्केत दिँदै गोल गरेपछि रोनाल्डोले भने-“म सकिएको छैन”