भिल्लारियलका प्रशिक्षकले लिभरपुलका यी खेलाडीलाई नियन्त्रण गर्न नसकेको स्विकारे !

एजेन्सी – भिल्लारियलका प्रशिक्षक उनाई एमरीले आफ्नो टोलीलाई लिभरपुलका लुइस डियाजले धेरै समस्यामा पारेको स्वीकार गरेका छन्। युइएइफए च्याम्पियन्स लिग सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा डियाजले धेरै समस्या पैदा गरेको बताएका हुन्।

विशेष गरी राइट ब्याक जुआन फोयथले लिभरपुलका फरवार्ड लुइस डियाजलाई रोक्न पटक-पटक प्रयास गर्नुपर्दा समस्या पैदा भएको एमरीले बताए। उनले भने,”(जुआन) फोयथले लुइस डियाजलाई पहिलो चालमा राम्रोसँग रोके। तर उनले डियाजलाई पटक-पटक रोक्न पर्यो।”

मंगलबार राति भएको खेलमा भिल्लारियलले पहिलो हाफ धेरै राम्रो खेलेको थियो। पहिलो हाफमा भिल्लारियलको तर्फ बाट दुई गोल भएका थिए। भिल्लारियलका लागि बोउलाय डिया र फ्रान्सिस कोक्विलिनले गोल गरेका थिए। तर भिल्लारियलले दोस्रो हाफमा भने लिभरपुललाई नियन्त्रणमा राख्न सकेन।

लुइस डियाज मैदान प्रवेश गरेपछि लिभरपुलले झनै आक्रामक फुटबल खेलेको थियो। डियाजले ६७औं मिनेटमा परिवर्तित लुयस डियाजले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्दै फाइनलमा लिभरपुलको स्थान सुरक्षित बनाएका थिए।

हारपश्चात पत्रकारहरु समक्ष एमरीले फाविन्होले लिभरपुलका लागि पहिलो गोल गरेपछि आफ्नो टोलीलाई मानसिक रूपमा असर गरेको बताए। सो गोल पश्चात प्रतिक्रिया दिने शक्ति गुमेको एमरीको भनाई छ।

“दोस्रो हाफमा हामीले शक्ति गुमायौं। फाविन्होको गोलले ले हामीलाई मानसिक रूपमा असर गर्‍यो। हामीसँग प्रतिक्रिया दिने शक्ति थिएन।”,एमरीले भने।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९११:४८

च्याम्पियन्स लिग फाइनल कहिले ? कसले मार्ला बाजी ? लिभरपुल कि रियल म्याड्रिड !