एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी डिमिटार बेर्बाटोभले ३७ वर्षको उमेरमा पनि रोनाल्डोले धेरै राम्रो खेलिरहेका छन्। हालसालै एक मिडियासँग कुराकानी गर्नेक्रममा बेर्बाटोभले ३७ वर्षको उमेरमा रोनाल्डोले गरिरहेको प्रदर्शन धेरै राम्रो रहेको बताएका हुन्।
बेर्बाटोभका अनुसार ३७ वर्षको उमेरमा रोनाल्डोले जुन स्तरको प्रदर्शन गरिरहेका छन्, त्यसका लागि सबैले रोनाल्डोलाई सम्मान गर्नुपर्छ। विश्वको उत्कृष्ट लिग प्रिमियर लिगमा १८ गोल गरेका रोनाल्डोलाई सम्मान गर्नुपर्ने बेर्बाटोभको भनाई छ।
“विश्वको उत्कृष्ट लिगमा रोनाल्डो राम्रो गरिरहेका छन्। ३७ वर्षको उमेरमा १८ गोल पक्कै सामान्य छैन। यसको लागि सबैले रोनाल्डोलाई सम्मान गर्नुपर्छ।”,बेर्बाटोभले भने।
अन्तर्वार्ताका क्रममा बेर्बाटोभले रोनाल्डो अझै आउने केहि वर्ष फुटबल खेल्न सक्ने बताए। रोनाल्डोले अझै तीन-चार वर्ष उच्च स्तरमा फुटबल खेल्न सकेन बेर्बाटोभको विश्वास छ। अहिले जस्तै आफ्नो शरीरलाई राम्रो ध्यान दिन सके रोनाल्डो केहि वर्ष फुटबलमा रहिरहने बेर्बाटोभले बताए।
उनले भने,”इमानदारीपूर्वक भन्नुपर्दा, म अचम्ममा परेको छैन। मैले उनीसँग एक वर्ष खेलेको थिएँ। त्यसपछि पनि मैले उनलाई पछ्याइरहेको छु। म विश्वस्त छु कि यदि उनले आफ्नो हेरचाह यसरी नै जारी राखे भने उनी अझै तीन वा चार वर्ष खेल्न सक्छन्।”

