काठमाडौँ – साताको चौथो दिन स्थिर रहेको सुनको मूल्य आज बढेको छ। साताको तीन दिन लगातार घटेर बुधबार स्थिर रहेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९८ हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ६ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १५ ले बढेर नेपाली बजारमा १ हजार ३ सय ५ रुपैंयाँमा कारोबार भइरहेको छ।

