गार्डियोला आएपछि भयो एक बिलियन भन्दा बढी खर्च, तर च्याम्पियन्स लिग भने आकाशको फल !

एजेन्सी – बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग जित्ने सपना चकनाचुर भयो। स्पेनिस महारथी रियल म्याड्रिडले उत्कृष्ट पुनागरमण गर्दा सिटी च्याम्पियन्स लिगबाट बाहिरियो। सिटीलाई च्याम्पियन्स लिग दिलाउन मिहिनेत गरिरहेका खेलाडी र प्रशिक्षकले अब अर्को सिजन कुर्नपर्ने भयो।

च्याम्पियन्स लिग जित्नकै लागि सिटीले सन् २०१६ मा पेप गार्डियोलालाई क्लबको प्रशिक्षकमा नियुक्त गरेका थिए। त्यसयता उनले सिटीलाई तीन प्रिमियर लिग सहित विभिन्न उपाधि दिलाइसकेका छन्। तर उनले सिटीलाई च्याम्पियन्स लिग दिलाउन भने सकेका छैनन्। गत वर्ष फाइनल सम्म पुगेपनि यसपटक भने सिटी सेमिफाइनल सम्म मात्रै पुग्यो।

गार्डियोला आएयता मात्रै सिटीले १ बिलियन(अर्ब) युरो भन्दा बढी खर्च गरिसकेको छ। गार्डियोला आएकै वर्ष सिटीले ६ खेलाडी भित्र्याएको थियो। त्यसबेला सिटीले २ सय १५ मिलियन युरो खर्च गरेको थियो। त्यस जोन स्टोन्स, लेरोय साने, गेब्रियल जेसुस, इल्के गुन्डोगन, क्लाउडियो ब्राभो र नोलिटो जस्ता खेलाडी भित्र्याएको थियो।

त्यस्तै सन् २०१७-१८ को सिजनमा सिटीले ३ सय १७ दशमलभ ५ मिलियन युरो खर्च गरेको थियो। सो सिजन आयमेरिक लापोर्टे, बेन्जामिन मेन्डी, काइल वाकर, बर्नार्डो सिल्भा, एडरसन मोरेस र ड्यानिलो सिटी आएका थिए। सन् २०१८-१९ को सिजनमा भने सिटीले मात्रै ७८ दशमलभ ५९ मिलियन युरो खर्च गरेको थियो। त्यस सिजन सिटीले रियाद महारेजलाई मात्रै भित्र्याएको थियो।

सन् २०१९-२० को सिजनमा सिटीले जोआओ क्यान्सेलो, रोड्रि, एन्जेलिनो र पिटर लङलाई भित्र्याउन १ सय ५९ दशमलभ ५२ मिलियन युरो खर्च गरेको थियो। सन् २०२०-२१ को सिजनमा सिटीले तीन खेलाडी भित्र्याउन १ सय ७२ दशमलभ ३० मिलियन युरो खर्च गरेको थियो। सो सिजन रुबेन डियास, नाथन एक र फेर्रन टोरेसलाई सिटीले भित्र्याएको थियो।

सन् २०२१-२२ को सिजनमा पनि सिटीले १ सय ३४ दशमलभ ५० मिलियन युरो खर्च गरेको छ। यस सिजन ज्याक ग्रेलिस र जुलियन अल्भारेज सिटी भित्रिए।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१२:३८

बार्सिलोनाका लागि जाभीको नयाँ मेस्सीको खोजी जारी !