असार भित्र गठबन्धन टुट्ने ओलीको भविष्यवाणी, मिती नै तोकिदिए !

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुट्ने दावी गरेका छन्। एक टेलिभिजन कार्यक्रममा बोल्नेक्रममा ओलीले छिट्टै पाँच दलीय गठबन्धन टुट्ने दावी गरेका हुन्।

पत्रकार विजय कुमारको ‘दिशानिर्देश’मा ओलीले असार भित्रै पाँच दलीय गठबन्धन टुट्ने दावी मात्र गरेनन्, मिती नै तोकिदिए। ओलीका अनुसार असार १७ गते सम्म नेपालको राजनीतिमा उलटफेर हुनेछ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो ज्योतिषी बोलाएर सोध्न समेत सुझाव दिए। स्थानीय निर्वाचनको एक महिनापछिको अवधि ग्रहदशाका हिसाबले असाधारण रहेको ओलीले बताए।

यस्तो छ ओलीको संवाद

ओली : शेरबहादुरजी ज्योतिषमा बडो विश्वास गर्नुहुन्छ। यो असारको महिना नेपालको राजनीतिमा उलटफेरवाला महिना छ, उहाँले उहाँको ज्योतिषीलाई बोलाएर सोध्नुभए हुन्छ।

विजय कुमार : असार भन्या अब …

ओली : आउने असार, नेपालको राजनीतिमा उलटफेर, समीकरणहरू भताभुंग हुने, एउटाले एउटा खाँबो बोकेर हिँड्ने, अर्काले अर्काे बलो बोकेर हिँड्ने।

विजय कुमार : यो स्थानीय निर्वाचनपछिको असार?

ओली : एस्, स्थानीय निर्वाचनको एक महिनापछिको अवधि ग्रहदशाका हिसाबले असाधारण छ। र, एउटाले एउटा खाँबो बोकेर हिँड्ने एउटाले एउटा बलाे बोकेर हिँड्ने, त्यस्तो खालको र भताभुंग आफैंले पार्ने खालको स्थिति छ।

विजय कुमार : लास्ट बल त तपाईंले खतरनाक दिनुभयो नि?

ओली : शेरबहादुरजीलाई म सुझाव दिन्छु, यही टक शोमार्फत पनि, ज्योतिषी बोलाएर सोध्नूस्, असार १७ गते कस्तो दिन छ?उहाँलाई सोध्न लाउनूस् त ज्योतिषी बोलाएर, ज्योतिषी होइन, ज्योतिषी बोलाएर सोध्नुस्, असार १७ गतेले के भन्छ? म चाहन्छु १७ गते पनि यो कटोस्, यो गठबन्धन कायम रहोस्, अगाडि जाओस्, किनभने मचाहिँ पोलिटिक्स दुई ध्रुवमा होस्…।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९०८:५८

“एमसिसी पास भएपछि अमेरिकाले दिने सहयोग थप बढ्दै छ”