काठमाडौँ – साताको चौंथो दिन आज सुनको मूल्य घटेको छ। साताको दुई दिन लगातार बढेर तेस्रो दिन घटेको सुनको मूल्य चौंथो दिन आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन साढे २ महिनाकै महँगो
पछिल्लो गिरावट पछि सुन साढे दुई महिना भन्दा बढी समयकै सस्तो भएको छ। आज कायम भएको सुनको मूल्य फागुन १५ गते अर्थात् ७४ दिनकै सस्तो हो। त्यसदिन सुन छापावाला सुन ९६ हजार ६ सय र तेजाबी सुन ९६ हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो।

