यी राशिमा पर्नेछ शनिको अशुभ नजर, ६ महिना बन्नेछ निकै कष्टकर समय !

कुनै पनि व्यक्तिको कुण्डलीमा शनिको महादशाले धेरै समस्या उत्पन्न गर्छ। शनिको साढे सातीको दशा एक यस्तो अवस्था हो जसमा शनिदेवले व्यक्तिको राम्रो र अशुभ कर्मको फल प्रदान गर्छन्। हरेक मानिसले जीवनको कुनै न कुनै बेला यस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ। ज्योतिषशास्त्रका अनुसार अप्रिल २९ मा मात्रै शनिको राशि परिवर्तन भएको थियो र आगामी दिनमा फेरि पनि राशि परिवर्तन हुने भएको छ।

शनि वक्री 

ज्योतिषीहरुका अनुसार जुन ५ बाट शनि प्रतिगामी हुनेछ। त्यसपछि १२ जुलाईमा प्रतिगामी चरणमा नै कुम्भ राशिबाट मकर राशिमा प्रवेश गर्नेछ। शनि १७ जनवरी २०२३ सम्म मकर राशिमा रहनेछ। यो ६ महिनामा धेरै राशिका मानिसहरुको जीवन प्रभावित हुने भएकोले यस अवधिमा शनिको प्रभावबाट मुक्त भएका राशिका मानिसहरु फेरि शनिको चपेटामा आउनेछन्। साथै, जसमाथि शनिको दशा सुरु भएको थियो, उनीहरुलाई केही समयको लागि राहत मिल्नेछ।

यी राशिमा सुरु रहनेछ  शनिको महादशा 

अप्रिल २९ मा शनि कुम्भ राशिमा प्रवेश गर्ने बित्तिकै धनु राशिका मानिसहरु शनिको साढे सातीबाट मुक्त भएका थिए। तर जुलाई १२ बाट फेरि एकपटक शनि मकर राशिमा प्रवेश गर्नेछ र योसँगै धनु राशि भएका व्यक्तिहरूमा शनिको दशा सुरु हुनेछ। १७ जनवरी, २०२३ सम्म धनु राशि हुनेहरुका लागि समय निकै कष्टदायी रहनेछ। यस समयमा धनु राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्छ। तर १७ जनवरी २०२३ पछि यी मानिसहरू शनिको दशाबाट पूर्ण रूपमा मुक्त हुनेछन्।

यी राशिमा पनि रहन्छ शनिको प्रभाव 

धनु राशिका साथसाथै मिथुन र तुला राशिका मानिसहरु पनि यस अवधिमा शनिको प्रभावमा रहनेछन्। यस समयमा यी व्यक्तिहरूमा शनिको अढैय्या सुरु हुनेछ। योसँगै मकर र कुम्भ राशिका मानिसहरुमा शनिको साढे सातीको समस्या रहनेछ। साथै कर्कट, वृश्चिक र मीन राशिका व्यक्तिहरूले यस अवधिमा राहत पाउनेछन्।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१५:४२

कुम्भ राशिमा शनिको प्रवेशले बन्यो पञ्च महापुरुष योग, यी राशिमा पर्नेछ विशेष प्रभाव !