मोटरसाइकल चोरी गरेर भाग्दै थिए, तर …

पर्सा, पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५ बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल उनले चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१७:२५

दैलेखका मतगणना स्थलमा मापसे परीक्षण !