सिटीलाई हराएर वुल्भ्सले लिभरपुललाई मालामाल गराउन सक्ला ? खेल कहाँ हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज राति म्यानचेस्टर सिटीले वुल्भ्स सामना गर्दैछ। प्रिमियर लिगको शिर्ष स्थानमा रहेको सिटीले वुल्भ्सलको सामना गर्न लागेको हो।

सिटी अहिले प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ भने वुल्भ्स लिगको आठौँ स्थानमा रहेको छ। सिटीले सिजनका ३५ खेलबाट ८६ अंक जोडेको छ। सिटीले जारी सिजनमा मात्रै तीन खेलमा हार बेहोरेको छ। बाँकी २७ खेलमा जित निकाल्दा सिटीले ५ खेल बराबरी खेलेको छ। सिटीले प्रिमियर लिगका पछिल्ला पाँच खेलमा एक हार पनि बेहोरेको छैन। उसले पछिल्ला पाँच खेल मध्ये ४ खेलमा जित निकालेको छ भने एक खेल बराबरी खेलेको छ।

त्यस्तै ३५ नै खेल खेलेको वुल्भ्सको ५० अंक रहेको छ। वुल्भ्सले ३५ खेल मध्ये १५ खेलमा जित निकाल्दा १५ खेलमा नै हारेको छ। बाँकी ५ खेलमा भने वुल्भ्स बराबरीमा रोकिएको छ। वुल्भ्सले पछिल्ला पाँच खेल मध्ये मात्रै एक खेलमा जित निकालेको छ भने ३ खेलमा पराजय भोगेको छ।

आज सिटी जित निकाल्दै प्रिमियर लिग जित्ने सम्भावनालाई बलियो दाउमा हुनेछ भने वुल्भ्स खराब लयको अन्त्य गर्ने दाउमा हुनेछ। आजको खेलमा जित निकाले सिटीले शिर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउनेछ। तर बराबरी खेलेको खण्डमा भने अग्रता मात्र १ अंकको हुनेछ।

वुल्भ्स र सिटी वुल्भ्सको घरेलु मैदानमा आमने-सामने हुनेछ। खेल नेपाली समय अनुसार रातको १ बजे शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१९:१९

वल्भ्समाथि सिटीको सानदार जित, प्रिमियर लिग जित्ने लिभरपुलको सपना चकनाचुर !