कुम्भ राशिमा शनिको प्रवेशले पञ्च महापुरुष योगको निर्माण, २ राशिमा प्रत्यक्ष प्रभाव !

गत महिना अप्रिल २९ तारिकमा शनि ग्रहले राशि परिवर्तन गरेको थियो । अहिले शनिदेव ३० वर्षपछि कुम्भ राशिमा प्रवेश गरेका छन् । कुम्भ राशिको स्वामी शनि देव हुन्। कुम्भ राशिमा शनि परिवर्तनका कारण केही राशिले शनिको साढे सतीबाट राहत पाएका छन्  भने  केही राशिका व्यक्तिलाई शनिको साढे साती सुरु भएको छ।

जहिले पनि शनि देवले आफ्नो प्रभावमा रहेका राशिलाई व्यक्तिको कर्म अनुसार फल प्रदान गर्नु गर्दछन्। जब शनिले अप्रिल २९ मा राशि परिवर्तन गरेका छन् यस परिवर्तनबाट पञ्च महापुरुष योगको निर्माण भएको हो । यसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ ।

मानिसको जीवनमा शुभ कर्म गर्नाले शुभ फल प्राप्त हुन्छ । साथै गलत कर्म गरेमा शनिको साढे सती, ढैय्या र महादशामा कर्म अनुसार फल प्राप्त हुन्छ। जान्नुहोस् शनिको पञ्च महापुरुषको प्रभाव कस्तो रहन्छ ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरूका लागि लग्नेस र राशिका स्वामी शनिदेवको शुभ फल प्राप्त हुनेछ। कुम्भ राशिमा शनिको राशि परिवर्तनको कारण श श नामको पञ्च महापुरुष योग बनिरहेको छ । कुम्भ राशिका मानिसहरुका लागि यो विशेष फलदायी हुन्छ । कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ । साथै कार्य क्षमतामा बृद्धि हुने सम्भावना छ । नयाँ काम र व्यापारको अवसर सिर्जना हुनेछ। साथै, यस अवधिमा शनिको उपायहरू शुभ साबित हुनेछन्। साथै यस समयमा हनुमान जी को पूजा गर्नाले थप  शुभ फल मिल्नेछ।

मीन राशि 

ज्योतिष शास्त्रका अनुसार शनिदेवको यो परिवर्तन मीन राशिका लागि व्यय गृहमा भएको हो । मीन राशीका लागि शनि ग्रह खासै शुभ छैन र मीन राशि आम्दानी र व्ययको कारक हो। व्यापारिक क्रियाकलापमा पनि खर्च गर्न सकिनेछ ।

के हो पञ्च महापुरुष योग ? 
यो योग पाँच ग्रह बृहस्पति, मंगल, शुक्र, शनि र बुध मिलेर बनेको हो। जब यो योग व्यक्तिको कुंडलीमा बन्छ, तब त्यो व्यक्ति महापुरुषको समान काम गर्न थाल्छ। यस क्रममा व्यक्तिमा ग्रहका गुण बढी सक्रिय हुन्छन् । ज्योतिष शास्त्रका अनुसार कुनै व्यक्तिको कुण्डलीमा पञ्च महापुरुष योग बनिरहेको छ भने र कुण्डलीमा सोही ग्रह उच्च भएमा यो योगले बढी प्रभाव पार्छ ।

प्रकाशित : बिहिबार, बैशाख २९, २०७९११:२६

२०२४ सम्म शनि सर्वाधिक प्रभावशाली रहने, यी राशिका बन्नेछन् सम्पूर्ण काम !