मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप भेटिएपछि तनाव, तीन राउण्ड हवाई फायर !

इलाम, इलामको देउमाई नगरपालिका तनावग्रस्त भएको छ । मतगणना स्थल बाहिर प्रहरीले हवाई फायर गरेको छ । तीन राउण्ड गोली पड्किएको आवाज सुनिएको देउमाईमा रहेका पत्रकार टिका खतिवडाले जानकारी दिए ।

असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएकाे छ । गणना स्थगित भएपछि नगरपालिका परिसरमा नाराबाजी भइरहेको छ ।

प्रकाशित : शनिबार, बैशाख ३१, २०७९१४:१८

एक महानगर र दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवार अग्रता ! कहाँ-कहाँ ?