आज १६ मे वैशाख पूर्णिमाको दिन सन् २०२२ को पहिलो चन्द्रग्रहण पनि लाग्दैछ । हिन्दू क्यालेन्डरको गणना अनुसार चन्द्रग्रहण सधैं पूर्णिमामा लाग्छ। १५ वैशाख दिउँसो १२.४७ बजेदेखि पूर्णिमा तिथी सुरु भएको छ । वृश्चिक र विशाखा नक्षत्रमा चन्द्रग्रहण लाग्नेछ। ज्योतिषशास्त्रका अनुसार हरेक ग्रहणको जीवमा विशेष प्रभाव हुन्छ । ग्रहणलाई अशुभ मानिने भएपनि यसको विशेष योगका कारण कतिपय राशिमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ। चन्द्रग्रहण पूर्ण रुपले खगोलीय घटना हो तर ज्योतिष शास्त्रको समय गणना अनुसार विभिन्न ग्रह र नक्षत्रको साथमा चन्द्रग्रहणको विशेष योग बन्ने भएकोले यो समय थप प्रभावकारी र फलदायी रहनेछ । वर्षको पहिलो चन्द्रग्रहणको प्रभाव सबै राशिमा पर्नेछ । यो चन्द्रग्रहणले कुन राशिका लागि धन-सम्पत्ति र उन्नति ल्याउनेछ जान्नुहोस्।
मेष राशि

मेष राशिका मानिसमा चन्द्रग्रहणको विशेष प्रभाव पर्ने देखिन्छ । मेष राशिका व्यक्तिलाई जागिरमा पदोन्नति मिल्नेछ। मेष राशिका व्यक्तिको लागि यो समय लगानीका लागि निकै राम्रो रहनेछ । पारिवारिक जीवन अनुकूल रहनेछ। विदेश यात्राको सम्भावना छ । काममा पनि राम्रो लाभ मिल्न सक्छ । धन, प्रतिष्ठा र कीर्ति बढ्नेछ।
सिंह राशि

मे १६ मा हुने पुर्ण चन्द्रग्रहणले सिंह राशिका मानिसमा राम्रो प्रभाव पार्नेछ । यो ग्रहणको समयमा सिंह राशिका व्यक्तिलाई कार्यस्थलमा प्रशंसाका साथै पेसामा पदोन्नति मिल्नेछ। कार्यस्थलमा विशेष व्यक्तिबाट लाभ मिल्ने सम्भावना छ। एकभन्दा बढी स्रोतबाट धन आर्जन गर्ने अवसर मिल्नेछ। जीवन साथीसँगको सम्बन्ध अनुकूल र बलियो हुनेछ।
तुला राशि

१६ मे परबे पहिलो चन्द्रग्रहण तुला राशीको जीवनमा शुभ प्रभाव रहनेछ। यसैक्रममाकरियरमा सफलता हासिल हुनेछ। आफ्नो कडा मिहिनेतको पुरा फल मिल्नेछ। धन लाभको योग बन्नेछ।
धनु राशि

धनु राशि हुनेका लागि वर्षको पहिलो चन्द्रग्रहण विशेष हुनेछ । यो चन्द्रग्रहणको अवधिमा धनु राशिका व्यक्तिको लागि आर्थिक उन्नति हुनेछ, व्यापारमा लाभ हुनेछ। साथै नयाँ लगानीमा मनग्गे आम्दानीको सम्भावना छ। कार्यक्षेत्रमा अभूतपूर्व सफलता मिल्ने सम्भावना छ । बलियो आर्थिक स्थिति हुने प्रबल सम्भावना छ।

