हेटौँडा, १२ माघ: बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा गाँ’जा तस्क’री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन् । खालिद एम्बुलेन्सका चालक हुन । पक्राउ परेका तीनैजनालाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।
गाँ’जा तस्क’री गर्न प्रयोग भएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई एम्बुलेन्समा गाँ’जा लैजाँदै गरेको भन्ने सूचनाका आधारमा शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको एम्बुलेन्समा गाँ’जा राखेर लगिरहेको भन्ने सूचनाका आधारमा डुमरिया स्वास्थ्य चौकीको उक्त एम्बुलेन्सलाई प्रहरीले हेटौँडाको नेवार पानीमा रोकी जाँच गर्दा तीन झोलामा छ पोका बनाई लुकाई राखेको साढे ३० किलोग्राम गाँ’जा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुका साथबाट नेपाली रु ९१ हजार र दुई हजार भारतीय रुपैँयासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिनुभयो ।