वडाध्यक्षको मतपरिणाम बराबर आएपछि कांग्रेसले च्यात्यो मतपत्र !

काठमाडौँ – ओखलढुंगाको चिसंखुगढीमा मतपत्र च्यातिएको छ। मतगणनाका क्रममा चिसंखुगढी गाउँपालिकामा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका हुन्। मतगणना हुनेक्रममा विवाद भएपछि नेपाली कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेको खबर प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ३ को मतगणना हुनेक्रममा विवाद भएको थियो। विवाद हुँदै गर्दा कांग्रेसका प्रतिनिधिले आवेशमा आएर मतपत्र च्यातेका थिए।

जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले २ वटा मतपत्र च्यातेको बताइएको छ।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि त्यहाँ तनावको स्थिति शिर्जना भएको छ। मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ। तनावको स्थिति शिर्जना भएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली ओखलढुंगाबजारबाट चिसंखुतर्फ गएको छ।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९१९:५९

नपत्याउँदो रफ्तारमा अगाडी बढ्दै जगन्नाथ पौडेल, एकै वडाबाट ल्याए हजार बढी भोट !