नपत्याउँदो रफ्तारमा अगाडी बढ्दै जगन्नाथ पौडेल, एकै वडाबाट ल्याए हजार बढी भोट !

काठमाडौँ – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनलाई कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल टाउको दुखाई बनिरहेका छन्। मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई नेकपा एमालेले कडा टक्कर दिरहेका बेला जगन्नाथ पौडेलले पनि मत बढाइरहेका छन्।

पौडेलले एउटै वडामा हजार बढी मत पाएका छन्। वडा नम्बर-४ को मतगणनाका क्रममा १ हजार भन्दा बढी मत ल्याएका हुन्। एक हजार मत गन्न बाँकी रहँदै पौडेलले हजार भन्दा बढी मत प्राप्त गरिसकेका छन्।

९ हजार २ सय १० मतदाता भएको सो वडामा ५ हजार ९ सय २ जनाले मात्रै मतदान गरेका थिए। वडा नम्बर ४ पौडेल समर्थक मिना खरेलको वडा हो। सो वडाबाट पौडेलले अझै थप मत पाउने सम्भावना छ।

पौडेलले वडा नम्बर १ बाट ४ सय ३०, २ बाट ४ सय ९४, ३ बाट ६ सय ४८ मत ल्याएका थिए। मतगणना हुन बाँकी रहेका अन्य वडाहरुमा पनि पौडेलले राम्रो मत प्राप्त गर्ने पौडेलका सहयोगीहरु बताउँछन्। पौडेलको मत २ हजार ५ सय ७२ पुगिसकेको छ।

अहिले सम्म रेणु दाहालले ५३१३ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५३१० मत पाएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६४०२ मत पाउँदा राप्रपाकी हिमला गुरूङले ४२९८ मत पाएकी छन्।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९२०:५८

सबै वडामा बालेनको लिड, अग्रता झनै बढ्ने देखियो !