कोरोना भाइरसको महामारीबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

काठमाडौँ, १२ माघ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ ।

उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस संसदीय दल आग्रह गरेको हो ।

“महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ”, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसका कारण चीनमा ५६ ले गुमाए ज्यान, विश्वभरी नै त्रासको माहोल

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाले ज्यान गुमाएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ ।
आयोगका अधिकारीहरुले भनेका छन्, “अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको संक्रमण भएको आशंका गरिएको छ ।”

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।

कस्ता हुन्छन् लक्षण, बच्न के गर्ने ?

कोरोना भाइरसको संक्रमणबाट बच्न संक्रमण फैलिएको स्थान तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहनुपर्ने हुन्छ। संक्रमणबाट बच्न खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने तथा नियमित रुपमा हात सफा गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्न प्रयोग गरिएको कपडा अथवा अन्य वस्तु दोहोर्याएर प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ।

कोरोना भाइरसको संक्रमण भएको शंका लागेको तत्काल अस्पताल जाँदा उचित हुन्छ।

प्रकाशित : आइतबार, माघ १२, २०७६१०:१६

उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ: कांग्रेस