प्रिमियर लिग गोल्डेन बुट सलाहबाट सनले खोस्न सक्लान् ?

एजेन्सी – प्रिमियर लिगको सन् २०२१-२२ को सिजन आउने केहि दिन भित्रै सकिँदैछ। सिजन सकिन मात्रै एक खेल बाँकी रहेको छ। सिजनको अन्तिम खेलमा सबै टोलीहरु जित निकालेर सिजनको सुखद अन्त्य गर्ने दाउमा हुनेछन्। त्यस्तै खेलाडीहरुपनि सिजनको अन्त्यमा आफ्नो गोल संख्या बढाउने योजनामा रहनेछन्।

प्रिमियर लिगको गोल्डेन बुट जित्ने खेलाडीको जित पनि सिजनका अन्तिम खेलबाटै टुंगो लाग्नेछ। प्रिमियर लिग गोल्डेन बुट दौडमा दुई खेलाडी छन्। गोल्डेन बुट टोटेनह्यामका सन ह्युङ मिन र लिभरपुलका मोहम्मद सलाह मध्ये एकले जित्ने लगभग पक्का भैसकेको छ।

गोल्डेन बुटको दौडमा सलाह शिर्ष स्थानमा रहँदा उनलाई सनले पछ्याइरहेका छन्। सलाहले अहिले सम्म २२ गोल गरिसकेका छन् भने सनले २१ गोल गरेका छन्। नन पेनाल्टी गोलमा सन अगाडी भएपनि समग्र गोलमा भने सलाह एक गोलले अगाडी छन्।

दुवै खेलाडीले आउने केहि दिनमा सिजनको अन्तिम खेल खेल्नेछन्। टोटेनह्यामले अन्तिम खेलमा रेलिगेसनको नर्विच सिटीको सामना गर्दा लिभरपुलले वुल्भ्सको सामना गर्नेछ। अन्तिम खेलमा सन एक भन्दा बढी गोल गर्ने योजना सहित मैदानमा उत्रनेछन्। सन गएको केहि समय देखि उच्च लयमा छन्। उनले लगातार गोल गरिरहेका छन्।

त्यस्तै सलाह भने खासै राम्रो लयमा छैनन्। सिजनको शुरुवातमा उनले जुन रफ्तारमा गोल गरिरहेका थिए, अहिले सो रफ्तार उनीसँग छैन। सिजनको अन्तिम खेलमा गोल गर्दै गोल्डेन बुट जोगाउन सलाहलाई पक्कै गार्हो पर्न सक्छ।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९१३:०२

मार्को भेराट्टी भन्छन्-“एम्बाप्पे रियल म्याड्रिड जाँदा मेरो पेट खराब भयो”