एजेन्सी – रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले फ्रेन्च सहकर्मी किलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहने निर्णयका बारेमा टिप्पणी गर्न अस्विकार गरेका छन्। एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेका बारेमा प्रश्न गरिँदा बेन्जेमाले टिप्पणी गर्न अस्विकार गरेका हुन्।
मोभिस्टार प्लेसले लिएको अन्तर्वार्ताका क्रममा बेन्जेमालाई एम्बाप्पेको निर्णय बारे प्रश्न गरियो। त्यसको जवाफमा बेन्जेमाले त्यस बारे कुराकानी गर्ने समय नरहेको बताए। आफूहरु च्याम्पियन्स लिगको फाइनलका लागि केन्द्रित भएको बेन्जेमाको भनाई छ।
अन्तर्वार्ताको क्रममा बेन्जेमाले च्याम्पियन्स लिगको फाइनल आइरहेको हुँदा साना-साना कुराहरुमा अल्झिने समय नरहेको स्पष्ट रुपमा बताए। उनले भने,”म भन्न चाहन्छु कि [रियल म्याड्रिड] च्याम्पियन्स लिग फाइनल खेल्न गइरहेको छ र यो साना कुराहरूको बारेमा कुरा गर्ने समय होइन”
त्यस्तै बेन्जेमाले एम्बाप्पेको निर्णयलाई लिएर क्रोधित नरहेको पनि स्पष्ट पारे। मुख्यतः आफू च्याम्पियन्स लिगको फाइनलका लागि केन्द्रित रहेको बेन्जेमाले बताए।
“होइन, मलाई यस बारे कुरा गर्नु छैन। म रिसाएको पनि छैन। म च्याम्पियन्स लिग फाइनलमा केन्द्रित छु। अरू कुराहरू सुन्नु भन्दा यो गर्नु महत्त्वपूर्ण हुन्छ।”,एम्बाप्पेको निर्णयलाई लिएर रिस उठेको हो भनेर प्रश्न गरिँदा बेन्जेमाले भने।