ग्रहचक्रमा बुध राशिको ठूलो परिवर्तन हुँदै, यी ४ राशिको बन्नेछ हरेक कार्य !

२३ दिन वृष राशिमा प्रतिगामी भई जुन ३ बाट बुध मार्गी हुँदैछ। ज्योतिषशास्त्रमा बुधलाई बुद्धि, वाणी, गणित, सञ्चार र वाणिज्यको कारक ग्रह मानिन्छ। जसको कुण्डलीमा बुध ग्रह बलियो स्थानमा हुन्छ, उसको भाग्य उज्यालो हुन्छ। यस्ता व्यक्तिहरूसँग राम्रो संचार कौशल हुन्छ र तिनीहरू आफ्नो शब्दले सबैलाई मोहित बनाउँछन्। बुध ग्रहको मार्गी हुँदा कुन राशिलाई फाइदा हुन्छ जान्नुहोस्।

मेष राशि 

बुध ग्रहको मार्गी हुनु यस राशिका व्यक्तिका लागि शुभ फलदायी साबित हुनेछ। हरेक काममा सुनौलो सफलता मिल्ने प्रबल सम्भावना छ। वरपरको वातावरण रमाइलो रहनेछ। यस अवधिमा परिवारका सदस्यहरूको पूर्ण सहयोग प्राप्त हुनेछ। पुराना विवाद सुल्झाउन सफल हुनुहुनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। आर्थिक लाभको प्रबल सम्भावना छ।

सिंह राशि 

तपाईंको भाग्य चम्किनेछ। जागिर गर्नेहरुले शुभ फल प्राप्त गर्नेछन्। कार्यस्थलमा राम्रो पदोन्नति र तलब वृद्धिको सम्भावना छ। मालिक र वरिष्ठ अधिकारीहरू तपाईंको कामबाट प्रसन्न हुनेछन्। व्यक्तिगत जीवनमा पनि शुभ समाचार प्राप्त हुन सक्छ।

तुला राशि 

यस राशिका व्यक्तिहरुलाई करियरमा राम्रो सफलता मिल्ने सम्भावना छ। पदोन्नतिको प्रबल सम्भावना छ। लगानी गरेर पनि राम्रो आम्दानी गर्न सकिनेछ। मिहिनेतको फल राम्रै मिल्नेछ। विद्यार्थीहरूले पढाइमा पनि सफलता प्राप्त हुनेछ।

वृश्चिक राशि 

मिहिनेतको पूर्ण फल प्राप्त हुनेछ। करियरमा राम्रो स्थान हासिल गर्न सकिनेछ। तर, यस अवधिमा तपाईंले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्नु पर्छ, अन्यथा क्षति हुन सक्छ। जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ।

प्रकाशित : बुधबार, जेठ ११, २०७९१२:४०

आजैबाट गर्नुहोस् यस्ता उपाय, पल्टिनेछ तपाईंको भाग्य !