धर्मकर्ममा बिश्वास गर्नेहरु आफ्नो भाग्य चम्काउनाका लागि रुबीको धारण गर्ने गर्छन तथापी रुबि धारण गर्नुका धार्मिक मान्यताका साथै स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको छ। यसै अनुसार आज हामी रुबी धारण गर्नाले स्वास्थ्यमा पुर्याउने स्वास्थ्य सम्बन्धी फाइदाका बारेमा बताउन जादैछौं आउनुहोस हेरौं ,
रुबी धारण गर्नुको फाइदा के छ ?
रुबी धारण गर्ने सल्लाह सुर्य कमजोर भएकाहरुका लागि दिने गरिन्छ। सुर्यको प्रभावले व्यक्तिमा आत्मबल , बिश्वास , बिकास साथै स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्दछ। रुबिको प्रयोगबाट डिप्रेशन , अपच , हाडजोर्नीको समस्या, अपच , पोलियो , उच्च रक्तचापको समस्या भएकाहरुका लागि रुबिको प्रयोग गर्नु फाइदाजनक रहेको छ।
स्मरणशक्तिको लागि
एकाग्रता र आत्मविश्वासको कमि भएकाहरुका लागि रुबीको धारण फाइदाजनक रहेको छ। यसको प्रयोगले स्मरणशक्ति तेजिलो बनाउनमा सहयोग गर्दछ।
डिप्रेशनका लागि
ग्रहमा सुर्य ग्रह कमजोर हुनाले मानसीक समस्याहरु जस्तै तनाव डिप्रेशन आदि हुने खतरा हुन्छ। यी समस्याका लागि रुबीको धारण गर्नाले मानसिक शान्ति गर्न सकिन्छ।
हाडजोर्नी बलियो
सुर्यको प्रभावले गर्दा छालाका साथै हाडजोर्नी कमजोर हुने खतरा हुन्छ। त्यसैले रुबीको धारण गर्नाले सम्पूर्ण समस्याबाट छुटकारा पाउन सकिन्छ।
मुटु स्वस्थ राख्नका लागि
मुटुरोग तथा रक्तचाप सम्बन्धी समस्या भएकाहरुका लागि रुबी रत्नको धारण गर्नु फाइदाजनक रहेको छ।
आँखा तेजिलो बनाईराख्नका लागि
रुबीको धारण गर्नाले आँखासंग सम्बन्धित सम्पूर्ण समस्याहरुबाट सजिलै मुक्ति पाउन सकिन्छ। यसले आँखा तेजिलो बनाईराख्न समेत मदत पुर्याउछ।
पेट सम्बन्धी समस्या
शरीरमा भिटामिन डि को कमि भएकाहरुका लागि औलामा तामाको औठीमा रुबी रत्न जडान गरि धारण गर्नु लाभदायक मानिन्छ। अपच, पोलियो , उच्च रक्तचाप जस्ता समस्या रुबिको धारणबाट ठिक पार्न सकिन्छ।