काठमाडौं, सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् ।
जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने
सरकारले उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैै उक्त कुरा बताएका हुन् ।
‘उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ,’ मन्त्री शर्माले भने, ‘उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाइने छ ।’

