पेरेजले भने – ‘रियल म्याड्रिड अनन्त छ, अब १५ औं च्याम्पियन्स लिग जित्छ’

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले लालिगा र च्याम्पियन्स लिग उपाधि जितको उत्सव आइतबार खुलेर मनायो। म्याड्रिडमा एक र्याली निकाल्दै रियलले लालिगा र च्याम्पियन्स लिग जितेको खुशियाली मनाएको हो।

रियल म्याड्रिडको सो परेडमा रियलका खेलाडी देखि उच्च अधिकारीसम्म सहभागी भए। उत्सव भ्रमणको क्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफूहरु अब १५ औँ च्याम्पियन्स लिगका लागि जाने बताए।

त्यसक्रममा उनले १ सय २० वर्षमा रियल म्याड्रिडले निरन्तर उच्च प्रदर्शन गर्दै विश्वको सबै भन्दा उत्कृष्ट क्लबको रुप्प्मा आफूलाई उभ्याएको पेरेजले बताए। पेरेजका अनुसार रियल अब १५ औं च्याम्पियन्स लिगका लागि प्रतिष्पर्धा गर्नेछ।

“यो सिजन हामीले ३५ औं लालिगा उपाधि जित्यौं। साथै च्याम्पियन्स लिग उपाधिले यो सिजनलाई झनै अविस्मरणीय सिजन बनायो। हामी आशा गर्छौं कि कठिन समयबाट छुटकारा पाउने छौँ। रियल म्याड्रिड अनन्त छ र हामी अब १५ औं च्याम्पियन्स लिगका लागि जानेछौँ।”,पेरेजले भने।

परेडका क्रममा पेरेजले क्लब विश्वकप, युरोपियन सुपरकप जस्ता प्रतियोगितामा पनि रियलका खेलाडीहरुले अब्बल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। पेरेजले क्लबका प्रशिक्षक कार्लो एन्सेलोटीलाई धन्यवाद दिन पनि छुटाएनन्। क्लबको पछिल्लो वातावरणको श्रेय उनले एन्सेलोटीलाई दिए।

उनले भने,”सबै खेलाडीहरु हर्षित छन्, क्लबमा धेरै राम्रो वातावरण छ। म यी सबै कुराका लागि कार्लो एन्सेलोटीलाई धन्यवाद दिन्छु। यी सबै कुराको श्रेय उनलाई जान्छ।”

प्रकाशित : सोमबार, जेठ १६, २०७९१०:४४

एम्बाप्पे विरुद्ध म्याड्रिडमा नाराबाजी !