अबको ५ दिनमा यी ३ राशिको भाग्य पल्टिनेछ, शनिको रहनेछ विशेष कृपा !

शनिको स्थितिमा सानो परिवर्तनले पनि मानिसको जीवनमा ठूलो प्रभाव पार्छ। यस्तोमा, भोलिबाट सुरु हुने जुन महिनाको सुरुमा शनि ग्रह उल्टो चाल चल्दैछ। ५ जुन २०२२ देखि शनि प्रतिगामी हुँदैछ। शनिको यो उल्टो चालले कसैलाई रुवाउन सक्छ र कसैको लागि धेरै सकारात्मक साबित हुन सक्छ। शनि अहिले आफ्नै राशि कुम्भमा रहेको छ। ३० वर्षपछि शनि ग्रह आफ्नै राशि कुम्भ राशिमा गोचर गर्दैछ।

जुन ५ बाट प्रतिगामी हुने शनि ग्रह आगामी अक्टोबर २०२२ सम्म यही स्थितिमा रहनेछ। यस अवधिमा शनिले ती मानिसहरूलाई बढी कष्ट दिनेछ जसमाथि साढे साती वा ढैय्या चलिरहेको छ। यसबाहेक जसको कुण्डलीमा शनि कमजोर हुन्छ, उनीहरुलाई पनि समस्या आउन सक्छ। शनिले कर्म अनुसार फल दिने भएकाले खाँचोमा परेका र असहायलाई सहयोग गर्ने मानिसहरूलाई चिन्ता लिनु पर्दैन। मेष, कर्कट र सिंह राशिका व्यक्तिहरूले शनि प्रतिगामी हुँदा सावधानी अपनाउनुपर्छ।

यी राशिमा रहनेछ शनिको कृपा

वृष राशि 

वृष राशिका व्यक्तिहरुका लागि शनिको राशि परिवर्तन पनि शुभ रहनेछ र प्रतिगामी शनिले पनि शुभ फल दिनेछ। नयाँ कामको खोजीमा रहेका यस्ता व्यक्तिले निकै राम्रो काम पाउनेछन्। आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ। साथै, केही व्यक्तिहरूले हालको जागिरमा बढुवा-वृद्धि प्राप्त गर्नेछन्। समग्रमा करियर, पैसा, सम्बन्ध सम्बन्धि समस्याहरू हट्नेछन्। शुभ फल प्राप्तिका लागि शनिदेवको पुजा गर्नुहोस्।

कन्या राशि 

कन्या राशिका व्यक्तिहरूलाई प्रतिगामी शनिले करियरमा प्रगति दिनेछ। नयाँ काम, पदोन्नति, तलब वृद्धिको सम्भावना छ। यदि तपाईं जागिर परिवर्तन गर्न चाहनुहुन्छ वा स्थानान्तरण गर्न चाहनुहुन्छ भने, यो इच्छा पनि यस समयमा पूरा हुने सम्भावना रहेको छ।

मकर राशि 

मकर राशिका व्यक्तिहरूलाई शनिको उल्टो चालले हरेक काममा सफलता दिनेछ। अहिलेसम्म रोकिएका कामहरु अब छिटो सम्पन्न हुनेछन्। करियरमा ठूलो सफलता मिल्न सक्छ। धन लाभ हुनेछ। समग्रमा यो समय निकै शुभ रहनेछ।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१६:१७

शरीरमा यस्ता निशान हुने महिला मानिन्छन् लक्ष्मीको अर्को स्वरूप, तपाईं पनि पर्नु भयो कि ?