वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्छ। ग्रहहरूको चालका कारण कतिपय राशिले शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छ। साप्ताहिक राशिफलको गणना ग्रहहरूको चालबाट गरिन्छ। यस्तोमा आजबाट सुरु भएको जुन महिनाको पहिलो साता ग्रहहरूको चलखेलका कारण केही राशिका लागि निकै शुभ रहनेछ। कुन राशिका लागि नयाँ महिनाको पहिलो साता निकै शुभ रहने छ थाहा पाउनुहोस्।
मिथुन राशि

आकस्मिक धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष बलियो हुनेछ। भाग्यले पूर्ण साथ दिनेछ। मिथुन राशिका मानिसहरुका लागि यो समय वरदानको रुपमा रहेको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारजनको सहयोग मिल्नेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ।
कर्कट राशि

व्यापार व्यवसायका लागि यो समय शुभ रहनेछ। दाम्पत्य जीवनमा सुखको अनुभूति हुनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। नयाँ कामको अवसर मिल्नेछ। धार्मिक तथा अध्यात्मिक कार्यमा तपाईंको मन लाग्नेछ।
वृश्चिक राशि

धन प्राप्ति हुनेछ, जसले आर्थिक पक्षलाई मजबूत बनाउनेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। नोकरी तथा व्यवसायमा लाभको सम्भावना छ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले शुभ फल प्राप्त गर्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। कार्यस्थलमा तपाईंको कामको सबैले प्रशंसा गर्नेछन्।
धनु रशि

जता-ततैबाट राम्रो नतिजा प्राप्त हुनेछ। आध्यात्मिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नोकरी तथा व्यवसायमा प्रगति हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ सवारी साधन वा घर किन्ने अवसर पनि मिल्नेछ। परिवारका सदस्यबाट भरपूर साथ सहयोग प्राप्त हुनेछ।

