लियोनेल मेस्सीले अर्जेन्टिना विरुद्ध इटालीको खेलमा जियोभन्नी डि लोरेन्जोलाई निकै उत्कृष्ट तरिकाले पछि पार्दै आफू अझै विश्व फुटबलको सबैभन्दा उत्कृष्ट ड्रिबलर मध्ये एक भएको प्रमाणित गरेका छन्।
बुधबार वेम्बली स्टेडियममा इटालीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै लियोनेल स्कालोनीको टोलीले फाइनालिसिमा ट्रफी उचालेको हो। कोपा अमेरिका र युरो २०२० बिजेताबीचको खेल २७ मिनेटसम्म बराबरी रहेको थियो जब पेरिस सेन्ट जर्मेन (पीएसजी) सुपरस्टार मेस्सीले आफ्नो जादू देखाए।
मेस्सीले बक्सको बाहिर बल रिसिभ गरे र डि लोरेन्जोले आफ्नो विपक्षीलाई कडा रूपमा मार्क लगाउने निर्णय गरे। यसबारे नापोली खेलाडीले छिट्टै पछुताउन सक्छन्। बल छोड्नुको सट्टा, मेस्सीले डि लोरेन्जोलाई उनको हंश निकाल्दै पछि छाड्दै बक्समा प्रवेश गरे। त्यसपछि उनले गोल तर्फ उत्कृष्ट पास गरे जसलाई लाउटारो मार्टिनेजले ट्याप गर्दै खेलको पहिलो गोल गरे।
सामाजिक सञ्जालमा मेस्सी समर्थकहरुले ७ पटकका ब्यालोन डी ओर विजेताको कौशलमा प्रतिक्रिया दिएका छन् र मेस्सीले के गर्न सक्छन् भनेर अचम्ममा छन्।
एकजनाले टिप्पणी गरे: “म चाहन्छु कि मैले यो लाइभ हेर्न पाए हुन्थ्यो, तर पनि विशेष।”
अर्काले भने: “कस्तो असिस्ट? मेस्सीले सबै खेलमा इटालीलाई खुट्टामा राखेको थियो।”
तेस्रोले ट्वीट गरे: “यस गोलको लागि मेस्सी पूर्ण श्रेयको हकदार छन्।”
उक्त खेलमा मेस्सी म्यान अफ द म्याच घोषित भए र यो पूर्ण रूपमा योग्य थिए। अर्जेन्टिनाका लागि पहिलो गोलकर्ता मार्टिनेजको उत्कृष्ट असिस्टमा एन्जेल डि मारियाले पहिलो हाफको अन्तिम समयमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए। अर्जेन्टिनाले वैकल्पिक खेलाडी पाउलो डिबालाको माध्यमबाट तेस्रो गोल गर्दै खेल सिल गरेको थियो।