भोलिबाट ग्रहचक्रमा बुध ग्रहले मच्चाउँदै उथलपुथल, यी ४ राशिको चम्किने भयो भाग्य !

बुध ग्रहले २७ दिनमा राशि परिवर्तन गर्छ। तर जब कुनै पनि राशिमा प्रतिगामी हुन्छ, बुध २३ दिन भन्दा लामो समयसम्म रहन्छ। यस समयमा बुध वृष राशिमा छ र प्रतिगामी चाल चल्दैछ। भोलि अर्थात जुन ३ बाट बुध मार्गी हुँदैछ। बुध मार्गी हुँदा ४ राशिका मानिसलाई लाभ मिल्नेछ। करियर र आर्थिक स्थितिमा शुभ फल मिल्नेछ। जान्नुहोस् मार्गी बुधले कुन राशिका मानिसहरुको भाग्य खोल्दैछ ?

वृष राशि 

बुध वृष राशिमा नै मार्गी हुँदैछ। बुधको यस्तो परिवर्तनले वृष राशिका मानिसहरुको भाग्य चम्किलो बनाउनेछ। करियर र जीवनका सबै बाधाहरू हट्नेछन्। ठूलो प्रगति हुन सक्छ। नयाँ काम हात लाग्ने प्रबल सम्भावना छ। आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ। घरपरिवारमा खुसी रहनेछ।

मिथुन राशि 

मार्गी बुधले मिथुन राशिका व्यक्तिहरुको आत्मविश्वास बढाउनेछ। नयाँ काम पाउन सकिनेछ। परिवारका सदस्यसँग राम्रो समय बित्नेछ। आकस्मिक धन लाभ हुनेछ। आमाबाट विशेष माया र सहयोग प्राप्त हुनेछ।

कन्या राशि 

जुन ३ देखि मार्गी हुने बुधले कन्या राशिका व्यक्तिहरूलाई लाभ दिनेछ। विशेषगरी व्यवसायीले विशेष सफलता प्राप्त गर्नेछन्। आम्दानी बढ्नेछ। घरमा धार्मिक वा शुभ कार्य हुनसक्छ। नाफा कमाउने अवसर मिल्नेछ। पारिवारिक यात्रामा जान सकिनेछ।

मकर राशि 

मकर राशिका लागि पनि जुन ३ बाट शुभ दिन सुरु हुनेछ। व्यापार बढ्नेछ। जागिरमा परिवर्तन हुनसक्छ। स्थानान्तरणको सम्भावना पनि छ। कार्यस्थलमा वरिष्ठको सहयोग मिल्नेछ। कसैबाट सरप्राइज वा उपहार प्राप्त हुन सक्छ। मांगलिक कार्यक्रममा भाग लिन सकिनेछ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१२:०१

ग्रहहरुका राजा सूर्य ग्रहको ठूलो परिवर्तन, यी ४ राशिको जीवन हुनेछ कष्टकर !