पूर्व खेलाडी भन्छन्: “चमत्कार नै भएपनि मेस्सीले विश्वकप जिताउन सक्दैनन्”

एक पटकको एफए कप विजेता क्रेग बर्ली लियोनल मेस्सी र अर्जेन्टिनाले २०२२ फिफा विश्वकपको उपाधि जित्ने प्रयासमा कठिन कार्यको सामना गर्ने विश्वास गर्छन्।

ला अल्बिसेलेस्टे विगत केही वर्षदेखि अविश्वसनीय लयमा रहेको छ र गयराती इटालीलाई पराजित गर्दै फाइनालीसिमा उपाधि हात पार्दै हाल ३२ खेलमा अपराजित रहेको छ। मेस्सीको नेतृत्वमा रहेको टोली यस वर्षको अन्त्यमा कतार शोपिसमा उपाधि जित्ने दाबेदार मध्येको एक हो। यद्यपि, चेल्सीका पूर्व मिडफिल्डर बर्लीले अर्जेन्टिनासँग विश्वकप स्तरमा केही समयदेखि “कमजोरी” भएको विश्वास गर्छन्। उनले क्लब स्तरमा प्रशस्त गोल गर्दा पनि लियोनल मेस्सीले महत्वपूर्ण उपाधि जिताउन नसकेको बताएका छन्।

बर्लीले ईएसपीएन एफसीलाई भने: “के मेस्सीले कमिहरू पूर्ति गर्न सक्छन्? ठीक छ, ती कमजोरीहरू विश्वकपको स्तरमा थिए जब मेस्सीले वर्षमा ५० गोल गर्दै थिए। जब मेस्सी ग्रह कै उत्कृष्ट खेलाडी थिए तब उनले यो पूर्ति गर्न सकेनन्, जुन कमजोरी अर्जेन्टिनामा छन्।”

अर्जेन्टिनाका कप्तानले भर्खरै पेरिस सेन्ट-जर्मेन (पीएसजी) का लागि आफ्नो पहिलो सिजनमा आफ्नो सबैभन्दा खराब क्लब सिजन मध्ये एकको अनुभव गरेका छन्। चोटले नयाँ क्लबमा सेटल हुन निकै कठिन परेको सिजन मेस्सीले फ्रेन्च क्लबका लागि ३४ खेलमा ११ गोल मात्रै गरेका थिए। यद्यपि उनले १५ गोलमा असिस्ट प्रदान गरेका थिए।

बर्ली विश्वास गर्छन् कि उमेरले पनि लियोनेल मेस्सीलाई समातिरहेको देखिन्छ, जसले उनको राष्ट्रिय टोलीलाई विश्वकपको उपाधि जित्ने क्षमतामा शंका थप्नेछ। उनले भने: “त्यसैले मलाई लाग्छ कि यो अब धेरै गाह्रो छ जब उनलाई उमेरले समात्न सुरु गरेको छ। मेरो मतलब, म यो गर्न सकिदैन भन्दिन, तर यो उनको लागि अझ गाह्रो हुनेछ।”

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१३:३०

मेस्सीले बेन्जेमा, बार्सिलोना, लेवान्डोस्की बारे के भने ?