हेलिकप्टर दुर्घटनामा कोबे ब्रायन्टको निधन, मेस्सी-रोनाल्डोद्वारा श्रद्धाञ्जली व्यक्त !

एजेन्सी – अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको निधन भएको छ। क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकप्टर परी ब्रायन्ट र उनकी छोरीको निधन भएको हो।

लस एन्जलस प्रहरीका अनुसार ब्रायन्ट सवार एक निजी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ब्रायन्टसहित ९ जनाको ज्यान गएको छ। उक्त हेलिकप्टरमा रहेका सम्पूर्णको ज्यान गएको लस एन्जलस प्रहरीले पुष्टि गरिसकेको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकप्टर खसेको थियो। दुर्घटना हुनुअगाडी हेलिकप्टरको इन्जिनमा अनौठो आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबलका महान् खेलाडीको रुपमा लिने गरिन्छ। लस एन्जलस लेकर्सबाट २० वर्ष बास्केटबल खेलेका ब्रायन्टले सन् २०१६ को अप्रिलमा खेलबाट सन्यास लिएका थिए ।

ब्रायन्टको निधनसँगै अहिले सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिएको छ। विश्वभरका स्टार खेलाडी, कलाकार, गायक-गायिका, राजनीतिककर्मी तथा सर्वसाधारणहरुले ब्रायन्टको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

यसै बीच अर्जेन्टिनी तथा बार्सिलोना स्टार लियोनेल मेस्सी र पोर्चुगिज तथा युभेन्टस स्टार रोनाल्डोले पनि कोबे ब्रायन्टको निधन प्रति दुख व्यक्त गरेका छन्।

सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा मेस्सीले आफू निशब्द भएको बताएका छन्। ब्रायन्टसँगको भेट आफ्नो लागि अझै पनि आफूलाई याद रहेको पनि मेस्सीले उल्लेख गरेका छन्।

यता रोनाल्डोले पनि ब्रायन्टको निधनले आफूलाई धेरैनै दुखि बनाएको सामाजिक संजालमा उल्लेख गरेका छन्। ब्रायन्ट कयौंको लागि प्रेरणाको श्रोत रहेको उल्लेख गर्दै उनले समवेदना व्यक्त गरेका छन्।

प्रकाशित : सोमबार, माघ १३, २०७६०६:४८

मेस्सीको नजरमा आफू र रोनाल्डो बाहेक यी हुन् विश्वका पाँच उत्कृष्ट खेलाडी ! [सूची सहित]