रियलको बाटोमा तगारो बन्दै एम्बाप्पे, रियलको टार्गेट बीचबाटै ‘हाइज्याक’ ?

एजेन्सी – किलियन एम्बाप्पेका लागि एक अर्कासँग प्रतिष्पर्धा गरेका रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन(पिएसजी) बीच अर्का एक खेलाडीका लागि पनि प्रतिष्पर्धा हुने भएको छ।

हाल एएस मोनाकोमा रहेका फ्रेन्च मिडफिल्डर औरेलियन चौआमेनीका लागि रियल र पिएसजी बीच कडा प्रतिष्पर्धा हुने भएको हो। सबै भन्दा पहिला रियल म्याड्रिड मात्र चौआमेनी भित्र्याउने दौडमा रहेपनि सो दौडमा अहिले पिएसजीको इन्ट्री भएको छ।

फ्रेन्च मिडियाहरुका अनुसार रियल मात्र नभई पिएसजी पनि चौआमेनीलाई भित्र्याउन चाहन्छ। चौआमेनीका लागि रियलले गरेको प्रस्ताव भन्दा राम्रो सम्झौताको प्रस्ताव पिएसजीले गरेपछि माहोल झनै तातिएको छ।

फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीले एम्बाप्पे क्लबमा रहन राजी भएको खण्डमा विभिन्न खेलाडीहरु भित्र्याउने सहमति गरेको थियो। सोहि सहमतिको आधारमा पिएसजीले चौआमेनी भित्र्याउने दौडमा इन्ट्री मारेको फ्रेन्च मिडियाहरुको दावी छ।

एम्बाप्पे आफैं चौआमेनी भित्र्याउनु पर्छ भन्ने पक्षमा रहेका छन्। एम्बाप्पेको चाहना अनुसार नै पिएसजीले कदम चालेको धेरैको बुझाई छ। त्यस्तै एम्बाप्पेको उपस्थितिका कारण पनि चौआमेनीले पिएसजी रोज्न सक्नेमा पिएसजी ढुक्क देखिएको छ। चौआमेनीका लागि १ सय मिलियन युरो तिर्नु परेपनि पिएसजी पछि हट्ने पक्षमा देखिँदैन।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१६:४८

यति उत्कृष्ट थियो इटाली विरुद्ध मेस्सीको प्रदर्शन [भिडियो सहित]