साप्ताहिक राशिफल : ३ राशिलाई अत्यन्तै लाभदायी छ यो साता, चम्किनेछ भाग्य

♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी … साताको राशिफल : – जेठ २१ गतेदेखि जेठ २७ गतेसम्मको राशिफल

साता चाड : – २२ गते सिठी नख, कुमार षष्ठी । २४ गते अष्टमी व्रत । २६ गते गङ्गा दशहरा । २७ गते निर्जला एकादशी व्रत र तुलसीको दल छर्ने।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मन त्यति सन्तुष्ट रहने छैन । डर र शङ्काले घेरिरहला । खर्च त प्रशस्त होला तर गरेका काम भने आधा मात्र बन्नेछन् । बौद्धिक स्थिति एकदम कमजोर छ । शनिको आराधना गरिरहनुहोस् अनि गणेशलाई मान्न पनि नबिर्सनुहोस् । व्यावसायिक कामले टेवा देला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मध्यम खालको साता छ । मनमा रहेको शङ्काको तुष घट्ने छैन । तैपनि बौद्धिकस्तर सप्रिएरै आएको छ । विद्यार्थी वर्गका लागि समय राम्रै देखिन्छ । विदेशयात्रा होला कि भन्ने सम्भावना प्रबल छ । सुरुका दिनमा निकै काम बन्नेछन् । सोमबारको दिनमा पेटमा गडबडी होला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

खर्च बढिरहला तर आम्दानी गर्ने स्रोत पनि बलियो भएकाले खास आत्तिनुपर्ने स्थिति छैन । मित्रवर्गबाट राम्रो सहयोग पाउनुहुनेछ । व्यापारी वर्गका लागि पनि समय गतिलो खालको छ । कल्याणकारी भावनाको उदय होला । नातेदारको सहयोग भने कम मात्र देखा पर्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साता राम्रो खालको छ । सुरुकै दिनमा भोजभतेर प्रशस्त पर्नेछन् त इष्टमित्रसँग पनि भेटघाट होलाजस्तो छ तर तिनीहरूबाट खास सहयोग भने पाउने समय छैन । खर्च मात्रै गराउने नातेदार छन् । विवाह एवं प्रेमसम्बन्धी कुरामा समेत बाधा आउन सक्छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सुरुका दुई दिनमा प्रशस्त खर्च बढ्ने छ । काम त बन्ला तर अति ढिलो गरेर मात्र । स्वास्थ्यको स्थिति पूरा राम्रो रहने छैन । एउटा न एउटा रोगले दुःख दिइरहला । खास गरेर रक्त विकारसम्बन्धी रोग होलाजस्तो छ । शिक्षाको क्षेत्रमा निकै बाधा आउनेछन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

पहिलेको भन्दा स्थिति सप्रिएको छ । तैपनि मनमा रहेको भय भने घट्ने छैन । आर्थिक स्थिति कमजोर देखिन्न । प्राविधिक क्षमताले गर्दा प्रशस्त आर्जन गर्नुहुनेछ । पढाइको क्षेत्रमा समेत राम्रो वातावरण रहला । व्यापार, व्यवसायमा हानि छैन।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सानातिना बाधा आए पनि मङ्गलबारसम्मका दिन राम्रा छन् । गरेका काम बन्नेछन् भने मनमा असल खालको भावना उठिरहला । अरूको कल्याण गर्ने र हित गर्ने प्रवृित्त बढी छ । यद्यपि तपाईंलाई सहयोग गर्नेहरू भने सीमित मात्र छन् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साता धेरै राम्रो खालको छ । राम्रा काम हुनेछन् भने गरेका कामबाट फाइदा पनि मनग्गै हुनेछ । धेरै काममा सफलता पाउनाले मन प्रसन्न होला । यात्राको सम्भावनासमेत हाल प्रचुर देखिन्छ । विवाहसम्बन्धी कुरामा भने बाधा नै आइरहलान् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सुरुका दुई दिन त्यति राम्रा खालका छैनन् । अनेकौँ बाधा आएर शनिबारको दिनमा मन खिन्न हुनसक्छ । आइतबार बेलुकीदेखि स्थितिमा सुधार होला । पढाइ र लेखाइमा मध्यम स्थिति मात्र छ । स्वास्थ्यसमेत हाल मध्यम रूपमा चल्नेछ । गणेशको नित्य दर्शन गर्नुहोस् ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सोमबारको दिन त्यति राम्रो देखिन्नन् । त्यसैले बिहानको खानामा दही प्रयोग गर्नुहोस् साथै शिवजीको दर्शन पनि गर्नुहोस् । बाँकी दिन भने राम्रै खालका छन् । खर्च बढे पनि काम बन्नाले मन प्रसन्न होला । पढाइमा प्रगति हुनेछ । मित्रबाट गतिलै सहयोग पाइएला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

तपाईंको व्यक्तित्वमा हिलो छ्याप्नेहरू धेरै छन् तर मित्रको सङ्ख्या पनि मनग्गै भएकाले त्यति भयभित हुनुपर्ने छैन । बढेको खर्चमा आंशिक रूपमा भए पनि नियन्त्रण आउनेछ । सोच्ने शक्तिमा विकास भएर आएको छ । कूटनीतिक प्रतिभा भने हाल मध्यम खालको देखा पर्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

धेरै काम बन्नेछन् । व्यस्तता पनि त्यत्तिकै बढी रहला । पढाइमा त्यति धेरै समय दिन सक्नुहुने छैन । केही धार्मिक एव सांस्कृतिक कामसमेत यो सातामा हुनसक्छ । मनमा उद्वेग बढी होला जस्तो छ । व्यावसायिक काममा भने हाल शिथिलता देखिन्छ।

प्रकाशित : शनिबार, जेठ २१, २०७९०८:१८

जेठ २२ गतेको राशिफल : आइतबार यी ४ राशिको धनधान्यमा हुनेछ वृद्धि, बन्नेछन् महत्वपूर्ण काम