भूमि, सेना, पराक्रम, उर्जा र साहसको कारक मंगल ग्रहले मीन राशिमा बृहस्पतिसँग शुभ संयोग बनाउँदैछ। यो संयोजन जुन २७ सम्म रहनेछ। ज्योतिषशास्त्रका अनुसार मंगल ग्रह मेष र वृश्चिक राशिको शासक ग्रह हो। मंगल मकर राशिमा उच्च र कर्कट राशिमा दुर्बल रहन्छ। मंगल र बृहस्पति एउटै राशिमा हुँदा शुभ योग बन्ने गर्छ। कुन राशिको लागि यो अवस्था शुभ रहन्छ जान्नुहोस्।

यी राशिलाई शुभ
ज्योतिषीहरुका अनुसार यो संयोगले वृष, तुला, मकर र मीन राशिका मानिसहरुमा निकै शुभ प्रभाव पार्ने देखिन्छ। यी राशिका व्यक्तिहरूले कार्य क्षेत्रमा राम्रो प्रदर्शन गर्नेछन्। सफलता हात पार्ने धेरै सुनौलो अवसरहरू आउन सक्छन्। पदोन्नतिको सम्भावना पनि छ। व्यापार व्यवसायीबाट पनि भाग्यको साथ मिल्नेछ। कुनै पनि विवादबाट छुटकारा पाउन सकिन्छ। आर्थिक पक्ष बलियो रहनेछ। स्वास्थ्यको हिसाबले पनि समय शुभ देखिन्छ।
यी राशिमा रहनेछ सामान्य प्रभाव
मिथुन, कन्या र वृश्चिक राशिका व्यक्तिहरूमा यो संयोगले सामान्य प्रभाव पार्नेछ। मिहिनेत अनुसार फल मिल्ने सम्भावना छ। तपाईंले यस समयमा आफ्नो लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको छ। यी राशिका मानिसले यो समयमा केही क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गर्न सकिन्छ।

यी राशिलाई अशुभ
मेष, सिंह, धनु र कुम्भ राशिका व्यक्तिहरूले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। कार्यस्थलमा विशेष सावधानी अपनाउनुहोला, अन्यथा समस्या आइपर्न सक्छ। मानसिक तनाव उच्च रहनेछ। शारीरिक स्वास्थ्य पनि राम्रो हुने छैन। आर्थिक संकटको सामना पनि गर्नुपर्ने हुनसक्छ, सजग रहनुहोला।

