“राजसंस्थाले जनताको पक्षमा केही गर्न सकेन, पुनःस्थापना हुँदैन”

काठमाडौँ – राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको सम्वर्द्धन गर्नु पार्टीको मुख्य एजेण्डा भएको बताउँदै राजसंस्थाले जनताको पक्षमा केही काम गर्न नसकेको बताएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताए। उनले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई छिमेकी मुलुकको आर्थिक समृद्धिबाट लाभ लिन उनीहरुको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताए।

अध्यक्ष थापाले मुलुकमा मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने चर्चा गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसदबाट निर्वाचित राष्ट्रपति र सुदृढ स्थानीय पालिका हुनुपर्ने धारणा राखे। एक प्रश्नको जवाफमा उनले राजसंस्थाले जनताको पक्षमा केही कार्य नगरेकाले मुलुकमा अब राजसंस्था पुनःस्थापना नहुने बताए।

अध्यक्ष थापाले आगामी प्रदेश र संसदीय निर्वाचनमा विभिन्न दलहरुसँग सहकार्य गर्न पार्टी खुल्ला रहेको बताए। राजनीतिमा असम्भव भने नहुने हुनाले राप्रपाले राजसंस्था हेर्ने दृष्टिकोण परिवर्तन गरेमा सहकार्य हुन सक्ने धारणा उनले व्यक्त गरे।

प्रकाशित : सोमबार, जेठ २३, २०७९०७:२८

कर्जामा झुक्याउने बीओकेपको धन्दा, सर्वसाधारणदेखि सेलिब्रिटीसमेत असन्तुष्ट !