दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब एक दिन मात्रै सार्वजनिक बिदा ! कहिले देखि ?

काठमाडौँ – हप्ताको दुई दिन सार्वजनिक बिदा हुने निर्णय खारेज भएको छ। जेठ महिना देखि लागू भएको साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ महिना नसकिँदै खारेज भएको हो।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लियो। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।

सोमबार भएको निर्णय अनुसार असार देखि दुई दिन सार्वजनिक बिदा हुने छैन। अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुनेछ। गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रकाशित : सोमबार, जेठ २३, २०७९१८:५६

कति आम्दानी हुनेले कति तिर्नुपर्छ कर ? यस्तो छ करको दर