काठमाडौँ : महान ज्ञानी तथा विद्वान आचार्य चाणक्य आफ्नो नीति शास्त्रका कारण संसारभर प्रसिद्ध छन्। चाणक्यका नीतिको बलमा चन्द्रगुप्त मौर्य मगधको सम्राट बन्न सफल भएका थिए। आचार्य चाणक्यले एउटा नीति शास्त्र पनि रचना गरेका छन् जसमा उनले समाजका लगभग सबै विषयका बारेमा सुझाव दिएका छन्।
महान आचार्य चाणक्यका शताब्दी पुरानो नीति आज पनि सान्दर्भिक छन्। नीति ग्रन्थ यानी चाणक्य नीतिमा मनुष्यका जीवनलाई सरल र सफल बनाउन चाहिने थुप्रै कुराहरु उल्लेख गरिएको छ। चाणक्यले आफ्नो नीति शास्त्रमा करियर, मित्रता, दाम्पत्य जीवन, धन-सम्पत्ति र स्त्रीसँग सम्बन्धित धेरै कुराहरु उल्लेख गरेका छन्। तीमध्ये एक भाग्यशाली स्त्रीका गुणका बारेमा पनि बताईएको छ।
नीति शास्त्रमा स्त्रीसँग सम्बन्धित थुप्रै कुराहरु बताईएको छ। कुन-कुन गुणले सम्पन्न महिला घरपरिवारको लागि निकै भाग्यशाली मानिन्छ त ? जुन गुण भएकी महिलाले घरलाई स्वर्ग बनाउँछिन्।
धार्मिक महिला : –
आचार्य चाणक्यका अनुसार जो महिला धर्मको मार्गमा हिड्छन् उनीहरुले कहिल्यै पनि गलत काम गर्दैनन्। यस्ता स्त्री परिवारको अत्यन्तै प्रिय हुन्छन्। यस्ता महिलाले आफ्ना सन्तानलाई राम्रो संस्कार दिन्छन्।
धैर्यवान महिला : –
धैर्यवान व्यक्तिले कुनै पनि समस्याको सजिलै हल निकाल्न सक्छन्। आचार्य चाणक्यका अनुसार जुन महिलाहरुमा धैर्यताको गुण हुन्छ उनीहरु परिवारको लागि निकै भाग्यशाली मानिन्छ। यस्ता महिलाले कुनै पनि हालतमा साथ छोड्दैनन्।
मृदुभाषी महिला : –
मिठो बोल्ने मान्छे सबैको प्रिय हुन्छन्। मृदुभाषी महिला भएको घरको माहोल बिल्कुलै सुखद् हुन्छ। यस्ता महिलाहरुले लडाई-झगडा बडो प्रेमपूर्ण तरिकाले सुल्झाउँछन्।
शान्त स्वभावकी महिला : –
जहाँ शान्त स्वभावका महिला हुन्छन्, त्यहाँ झगडा एकदमै कम हुन्छन्। यस्ता महिलाहरुले शान्त र बुद्धिमानीपूर्वक आफ्नो कुरा अरुको अगाडी राख्छन्। उनीहरुको विनम्र स्वभावले सबैलाई प्रभावित पार्छ।