बदलिँदो जीवनशैलीका कारण अधिकांश मानिसको कपाल समयअघि नै सेतो हुने गर्छ। यस्तो अवस्थामा यसको सामना गर्न बजारमा धेरै तरिकाहरू उपलब्ध छन्। तर, कतिपयले घरेलु उपचारलाई बढी मान्छन्। यस्तो अवस्थामा हामीले आज तपाईंका लागि केही घरेलु उपाय बारे बताउँन गइरहेका छौं, जसले फुलेको कपालको समस्या सजिलै हटाउनेछ।
तेज पत्ता

तेज पत्ताले कपाल सेतो हुने समस्याबाट पनि सजिलै छुटकारा पाउन सकिन्छ। यसका लागि केही तेज पात लिनुहोस् र तिनीहरूलाई पीस गर्नुहोस्। अब यसमा दुई–तीन चम्चा अमला र ब्राह्मी पाउडर मिसाएर पेस्ट बनाउनुहोस्। अब यो प्याक जरादेखि पूरै कपालमा लगाउनुहोस्। यसलाई एक घण्टासम्म राख्नुहोस् र त्यसपछि धुनुहोस्। तपाईंले यसको असर छिट्टै देख्नुहुनेछ। यो उपायले तपाईंको कपाल कालो मात्र होइन बलियो पनि बनाउँछ।
एलोभेरा

एलोभेराले पनि कपाल कालो गर्न सकिन्छ। यसका लागि हप्तामा दुई पटक कपालमा लगाउनु पर्छ। यो हेयर प्याक तयार गर्न एलोभेरा जेल लिनुहोस् र यसमा कागतीको रस हाल्नुहोस्। यस पेस्टलाई जरादेखि पूरै कपालमा लगाउनुहोस्।

